गोविन्द खड्का
घोराही, १९ पुस । मदिरा व्यवसाय मर्यादित बनाउन लागि पर्ने नवनिर्वाचित राप्तीअञ्चल लिकर्ष एसोसियसनका अध्यक्ष टंकसिह बुढाथोकिले प्रतिवद्धता जनाउनुभएको छ । आईतवार घोराहीमा सपथ लिएपछि कार्यभार सम्हाल्दै अध्यक्ष बुढाथोकिले सबैको सल्लाह सुझावलिई अघि बढ्ने बताए ।

100_5404निर्वाचन समितिका सयोजक एवं लिकर्षका संस्थापक अध्यक्ष यादव शाहले पद तथा गोपिनियताको शपथ खुवाउनुभएको थियो । निबर्तमान अध्यक्ष नारायण पुरीले अध्यक्ष बुढाथोकिलाई माईन्युट हस्तानतरण गरे । त्यसक्रममा सबै पदाधिकारीलाई अबिरले स्वागत गरी प्रमाणपत्र वितरण गरीएको थियो ।

तेह्र बर्ष अघि स्थापना भएको संस्थाले शुद्ध मदिरा व्यवसायी समेट्ने लक्ष्य राखेको लिकर्षको भनाई छ । शुरुवातिमा त यो पद सम्हाल भन्दा म हुन्न भन्ने अबस्था बाट मलाई चाहियो भन्नेमा विकास भएको भन्दै संस्थापकहरुले खुशि व्यक्त गरे । उनिहरुका अनुसार व्यापारमा गुणात्मक बृद्धि भएको छ । व्यवसायीहरु आकर्षित छन् । तिनलाई हेर्ने दृष्टिकोण भने झनै खस्किएको छ । मान्छेहरु रक्सी व्यापारी भनेर भट्टिचलाउनेहरु जस्तै तुच्छ व्यवहार गर्न खोज्छ । नपिउने भने कोहि कतै मात्रै होला ।

सबै क्षेत्रको प्रतिनिधित्व हुने गरी अनुभविले नेतृत्व सम्हालेको भन्दै निर्वाचन समितिका सदस्य खगक बुढाथोकिले बधाई दिए । लगानिलाई सुरक्षित गर्ने र व्यवसायलाई सम्मानित बनाउने अहिलेको खाचो रहेको लिकर्षका पुर्व अध्यक्ष बुढाथोकिको भनाई थियो । दाङ उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष समेत रहनुभएका बुढाथोकिले भने ‘अश्वस्थ प्रतिस्पर्धा, करमा हुने झञ्जट, बजारमा आउने लफडा रोक्न मजवुत संस्था हुनुपर्छ ।’ उहाले थप्नुभयो ‘त्यो जिम्मेवारी पुरा गर्ने आशलाग्दो जोश जागर सहितको अनुभवि समिति बनेको छ ।’ उहाका अनुसार पदमा रहे नरहे पनि जिम्मेवारी सबैले सम्झिनु पर्छ ।

व्यापारीको भावना, बजारको आवश्यकता बुझेर अघि बढ्न व्यवसायीहरुलाई आग्रह गरेका थिए । ब्राण्डको लञ्चिग पनि अश्वस्थ नबनाउन आग्रह गरे । व्यापारीको महत्वपुर्ण समयको ख्याल गरी अघि बढ्न आग्रह गरे । पा“चौ अधिवेशन भाडामा गरेकोले अब छैठौ आफ्नै भवनमा सर्ने गरी कस्सीएर लागन नया समितिलाई शुभकामना दिए । कार्यक्रममा लिकर्षका सल्लाहकार एवं राप्ती अञ्चल बस व्यवसायी समितिका सचिव भरतराज श्रेष्ठ, दाङ उद्योगवाणिज्य संघका वाणिज्य उपाध्यक्ष नारायण भुषाल सचिव शुसिल प्रकाश आचार्य लगाएतको सहभागिता थियो ।

समितिका बरिष्ठ उपाध्यक्ष देव वहादुर केसी, उपाध्यक्ष केशव घिमिरे, महासचिव श्रीधर धिताल, सचिव तेजबहादुर पौडेल विश्व, कोषाध्यक्ष टिकाजंग वली, सदस्यहरु रामसिंह केसी, दीपककुमार सुवेदी, हिमाल न्यौपाने, किरण डागि, वामदेव अधिकारी घनश्याम वली, जगत आचार्य, धन बहादुर बुढाथोकि, बालचन्द्र योगी लिलामणी चौधरी र वामदेव रिजाललाई अध्यक्ष बुढा थोकिले सपथ खुवाउनु भएको थियो । कार्यक्रममा स्वागत सचिव देव वहादुर केसिले र सञ्चालन श्रीधर धितालले गर्नुभएको थियो । आजै बसेको बैठकले निर्वाचन कमिटि लगाएत सबैमा विशेष धन्यावाद दिएको छ । आगामि दिनमा निरन्तर सहयोगको अपेक्षा राखेको छ ।