dostbeen

नारायण खड्का, तुलसीपुर १९ पुस ।  तुलसीपुर बजार क्षेत्र भित्रका हरेक पोलमा डस्टविन राख्ने तयारी भइरहेको छ । ‘क्लीन तुलसीपुर, ग्रीन तुलसीपुर’ अभियानलाई सार्थक तुल्याउन तुलसीपुर बजार क्षेत्रमा कम्तिमा पनि एक हजार डस्टविन राख्ने तयारी भइरहेको अभियानका संयोजक विमल रिजालले  बताए । उनका अनुसार बजारका  प्रत्येक पोलमा एउटा डस्टविन क्लिप लगाएर बाँधेर राखिने छ । तुलसीपुरमा माघको दोस्रो साता देखि आयोजना गर्न लागिएको महोत्सव पूर्व नै हरेक पोलमा डस्टविन राख्ने काम सुरु गरिने तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष समेत रहेका रिजालले बताए ।

अध्यक्ष रिजालका अनुसार हरेक पोलमा बाँधेर राख्ने डस्टविन राख्ने क्रम माघको पहिलो साता पूर्व नै सुरु हुने छ भने सुरुवात ‘क’लाईन बाट गरिने छ । पोलमा बाँधेर राख्ने डस्टविनको क्षमता १० देखि १५ लिटरको हुने छ । अध्यक्ष रिजालका अनुसार सानो खालको भएपनि यसको रङ भने एउटै हुने छ र त्यो पनि ग्रीन नै हुने छ । ‘क्लीन तुलसीपुर, ग्रीन तुलसीपुर’ भन्ने नारा संग मिल्नेगरी डस्विनहरुपनि ग्रीन नै राखिने अध्यक्ष रिजालले बताए ।
पोलहरुमा क्लिप लगाएर बाँधेर राख्ने यो डस्टविनको मुल्य क्लिप सिहत झन्डै दुई सय जति पर्ने अुनमान गरिएको अध्यक्ष रिजालले बताए । यस्तो खालको डस्टविन हरेक पोलमा राख्न खोज्नुको कारण हलुका खाल्का पलास्टिक जन्य बस्तु र फोहर राख्नका लागि प्रयोग गरिने छ ।

क्लीन तुलसीपुर ग्रीन तुलसीपुर अभियानका संयोजक रिजालले थपे ‘यसमा खास गरि सुद्ध प्लस, पुकार, सुर्ती , चकलेटका खोल, चुरोटका खोल तथा सुन्तला, केरा, बदामका बोक्राहरु राख्नलाई उपयुक्त हुनेछ ।’ उनले बजारमा चुँईगम खाएर त्यसको खोल फाल्नेदेखि पान, गुट्का खाएर मनपरी थुक्ने हुन वा बदाम, केरा, सुन्ताल खाएर मनपरी बोक्रा फाल्नेहरु सबैलाई अनुशासनमा राख्न हरेक पोलमा त्यस्तो डस्टविन राख्न लागेको बताए ।

उनले अगाडि भने ‘ कतिपय व्यक्तिहरु फलफूल वा गुट्का खाएपछि त्यसको फोहर व्यवस्थापन गर्न चाहाँदा चाहाँदै पनि फोहर फाल्ने निश्चित स्थान नपाउँदा जहाँ खान्छन् त्यही फाल्न तयार हुन्छन् र कम्तिमा डस्टविन राखेपछि त्यो रोकिने छ भन्ने हाम्रो आषा हो ।’ क्लीन तुलसीपुर ग्रीन तुलसीपुरका संयोजक रिजालले दैनिक केही व्यक्तिले बजारको हरेक पोलहरुमा बाँधेर राखिएका डस्टविनहरुमा फोहर फाल्न थालेभनेपनि विस्तारै त्यसको सिको सबैले गर्ने र बजार क्लीन बन्ने अपेक्षा गरे ।

अध्यक्ष रिजालले एक हजार बढी डस्टविन स्थापना गर्न सहयोग लिइने स्पष्ट पारे । उनले तुलसीपुर क्षेत्रमै क्रियासिल विभिन्न संघ संस्थाहरुले हालसम्म पाँच सय जति डस्टविन खरिद गर्नका लागि सहयोगको प्रतिवद्धता जनाइ सकेको समेत जानकारी दिए । विदेशमा बस्ने नेपालीहरु पनि सहयोगका लागि उत्सुक देखिएको हुँदा  उनीहरुको पनि सहयोग लिने तयारी भइरहेको तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष समेत रहेका रिजालले बताए ।

तर तुलसीपुर क्षेत्रमा आफुहरुले चाहेको जति मात्रा र चाहेकै ग्रीन रङको डस्टविन प्रयाप्त मात्रामा फेलापार्न नसकेकोले नेपल कै कुनै एउटा प्लाष्टिक उद्योगमा निर्माणको अडर दिने तयारी भइरहेको जानकारी दिए । अडर भएको एक आध हप्ता दिनमै अडर अनुसारको सामान उपलब्ध गराउने प्रतिवद्धता उद्योगहरुवाट आएकोले आफुहरु त्यसैको तरारीमा जुटेको उनको भनाई थियो ।

पोलहरुमा बाँधेर राख्ने सानो खालको हरियो डस्टविनका साथै तुलसीपुरमा भुईमा राख्ने ठूला खालका डस्टविन समेत राखिने भएको छ । राप्ती अञ्चल अस्पताल र केही अति आवश्यक सार्वजनिक स्थलहरुमा भने भुईमा राख्ने ठूलो खालका डस्विनहरु पनि राख्ने जानकारी दिइएको छ ।

आवश्यक्ता अनुसार ठूला खालको डस्टविन अडर र खरिद गरिने जानकारी दिएका अध्यक्ष रिजालले कम्तिमा पनि एक दर्जन जति ठूला खालका डस्टविन चाहिन्छ कि भन्ने अनुमान गरिएको बताए । उनले ठूलो खालको डस्टविनको मुल्य भने कम्तिमा पनि तीन हजार बढी पर्न जाने आँकलन गरिएको बताए ।

महोत्वस पूर्व नै त्यस्ता डस्टविन जडान गरिने बताएका उनले क्रमिक रुपमा बजारका हरेक लाइनका पोलहरुमा साना डस्टविनहरु बाँधेर राखिने बताए । यसैबीच भदौ ७ गते बाट सुरु भएको क्लीन तुलसीपुर ग्रीन तुलसीपुर अभियानको आज २०औं हप्ताको सरसफाई हुने छ । अभियान सुरु भएको ५ महिना पुगिसकेको छ  ।

२०औं हप्ताको सरसफाई कार्यक्रम अन्तरगत आज विहान  विरेन्द्र चोकदेखि सुरु भइ गुल्म चोकसम्म सरसफाई गरिने छ । राप्ती समाचार