घोराही १९ पुस । रामपुर भट्टेरीकी ६१ बर्षीया (परिवर्तित नाम उषा खनाल ) १३ वर्षकै उमेरमा वैवाहिक वन्धनमा वाँधिएकी हुन ।
र विवाह गरेको ६ वर्ष पछि , १९ वर्षमै उनी आमा बनिन । तर आमा वने लगतै देखि उनलाई पाठेघरको समस्या बल्झियो । हालस्म उनी पाठेघरको पिडा बोकेर बाँचिरहेकी छन् ।
डाक्टर कहाँ जाँदा पो उनले चाल पाइन , कम उमेरमा विवाह गरेका कारण पाठे घरको समस्या भएको रहेछ भन्ने कुरा । र आज उनले चिनेजानेका जतिलाई सानो उमेरमा विवाह नर्गन सल्लाह दिने गरेको स्मरण गरिन । उनले भनिन् ‘सानैमा विहे गर्नु भनेको जोखिम मोल्नु रहेछ ।
मैले आज त्यसैको पिडा भोगेर बाँचेकी छु ।’ सानो उमेरमा विवाह गर्दा महिलाको प्रजनन् अंगको विकास राम्रो संग भइसकेको हुँदैन । शारिरीक र मानसिक विकास पनि राम्रो संग भएको हूँदैन । सानो उमेरमा विवाह गर्नेहरुले भविस्यमा अनेक जोखिम मोल्नुपर्ने चिकित्सकहरु बताउँछन् ।
कलिलै उमेरमा विवाह भएपनि छिट्टै सन्तान जम्एिको र कामको बोझपनि थपिएपछि आज श्वास्थ्य जोखिममा परेको खनालको बुझाई छ । खनालले थपिन ‘सुत्केरी भएको १० दिनदेखि घर व्यावहार काम गरे र ११ दिन देखि नै मलाई पेटमा पिडा सुरु भएको हो ।’ उनले सुरुमा लाजले कसैलाई नभनेको र पिडा खेप्न सक्ने अवस्था नरहेपछि डाक्टरकोमा जाँदा सानो उमेरमा विवाह गर्दा पाठेघरको समस्या उत्पन्न भएको जानकारी दिएका खनालले बताइन ।
रामपुर ६ की ४० वर्षीया दिल कुमारी चौधरी (परिवर्तित नाम ) को पिडापनि खनालको भन्दा कम्ता छैन । सानै उमेरमा बैबाहिक जीवनमा बाँधिएकी उनी आज त्यही भएर रोगको घर वनि बाँचिरहेको तर्क गर्छिन । ‘१४ वर्षको उमेरमा विहे भयो अनि लगातार सञ्तान जन्मिए ।’ पाँच सञ्तानकी आमा चौधरीले जव डाक्टर कहाँ पुगेर चेक जाँच गराइन त्यसपछि बल्ल आफ्नो पेटको पिडावारे जानकारी पाइन । डाक्टरका अनुसार उनको व्यथाको प्रमुख कारणपनि बालविवाह नै थियो ।
त्यसैले उनी आज आफूले जस्तै गरि सानो उमेर विवाह गरेर अरुले पनि दुःख नभोगुन भन्ने सन्देश प्रवाह गर्न चाहान्छिन् । उनले अगाडि भनिन् ‘गाँउघर र मेरा आफन्त कसैको पनि सानै उमेरमा विवाह गर्न लागेको थाहाँ पाएमा त्यहाँ पुगेर सम्झाउने गरेकी छु ।’ चौधरीले आफ्नो पाठेघर १७ वर्षको उमेरमै खसेको र त्यसयता पिडाको जीवन जिउँदै आएको बताइन ।
लाज वा शंकोच मानेर समयमै उपचार गर्न नजानु , पिडा लुकाएर बस्न खोज्दा समेत समस्या थप बल्झिने भएकोले पेटमा समस्या भए लगतै अस्पताल जान उनको सुझाव छ ।
२ सय ६८ महिलाहरुको स्वास्थ्य परिक्षण
यसैबीच महिला क्षेत्रमा क्रियाशिल गैर सरकारी संस्थ ओरेक नेपाल र महिला मानव अधिकार रक्षक संजालले दाङको संयुक्त आयोजनामा महिला प्रजनन स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।
रामपुर ९ सिमलतारामा संञ्चालित शिविरमा रामपुर ,लक्ष्मीपुर र हाँसीपुरका २ सय ६८ जना महिलाहरुले स्वास्थ्य परिक्षण गरेको जानकारी दिइएको छ । सामाजिक रुपमा विपन्न तथा हिंसामा परेका महिलाहरुलाई मानसिक एंव शारिरीक उपचारका लागि शिविर सञ्चालन गरिएको आयोजक संस्थाले जनाएको छ ।
जसमा पाठेघर तेस्रो डिग्री खसेका १० , दोस्रो डिग्रीका १५ , पहिलो डिग्रीका ६ , यौनी संक्रमण २९ , पाठेघरको मुखको घाउ १७ , सेतो पानी वग्ने १५ र पाठेघर संक्रमण २९ जना गरी कुल २ सय ६८ जनाले सेवा लिएको ओरेक नेपालकी दीपा धितालले जानकारी दिएकी हुन । राप्ती समाचार
