दिपक बोहरा, तुलसीपुर १९ पुस । राप्ती अञ्चल अस्पताल तुलसीपुरमा बिशेषज्ञको प्रयोगात्मक अध्ययनका लागि ६ जना डाक्टर आएका छन् । थप अर्का एकजना केही दिन भित्रै आउँदै छन् । उनीहरु बिशेषज्ञ अध्ययनको क्रममा शैधान्तिक अध्यन सक्काएका भएपनि अभ्यासका लागि अञ्चल अस्पतालमा आएका हुन । उनीहरु यहाँ एक महिना जति मात्रै बस्ने छन् ।
शैद्धान्तिक अध्ययन सकेर प्रयोगात्मक ज्ञानका लागि छ जना डाक्टरहरु अञ्चल अस्पताल तुलसीपुरमा आएको अस्पतालका शाखा अधिकृत महेन्द्र राज शर्माले राप्ती समाचारलाई बताए । पाँच बर्ष मेडिकल अधिकृत भएर काम गरेपछि मात्रै यहाँ आएका डाक्टरहरुले बल्ल बिशेषज्ञ डाक्टर अध्ययन गर्न पाउने छन् । स्पष्ट शब्दमा भन्नुपर्दा अञ्चल अस्पतालमा आएका छ जना सबै डाक्टर सिकारु डाक्टर नै भएको रहस्य खुल्न आएको छ ।
यहाँ आएका ६ जना डाक्टरहरु एक महिना पछि फर्कने र त्यसपछि फेरि त्यस्तै अभ्यासका लागि अर्को समुह आउने जानकारी समेत अधिकृत शर्माले राप्ती समाचारलाई दिएका हुन । यो प्रक्रिया एक बर्ष सम्म निरन्तर चल्ने अञ्चल अस्पतालका शाखा अधिकृत शर्माले बताए । तर छ जना डाक्टर आएपछि अस्पतालको सेवा प्रवाह राम्रो हुने निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. पदमराज अधिकारीले आषा व्यक्त गरे ।
अस्पतालमा यस अघि मे सुु भएका स्वास्थ्य मन्त्रालय चिकित्सा महाशाखा प्रमुख भो लार ाम श्रे ष्ठले उनीहरुलाई प्रयोगात्मक कक्षाका लागि यहाँ ल्याउन भूमिका खेलका बताउने गरिन्छ । श्रेष्ठको पहलमा शिक्षण अस्पतालले उनीहरुलाई यहाँ पठाएको स्रोतले जनाएको छ । उनीहरु संगै दाङ आएका महाशाखा प्रमुख श्रेष्ठले अस्पतालबाट केही समयका लागि भएपनि सहज सेवा उपलब्ध हुने विश्वास व्यक्त गरेका छन् ।
बिगत लामो समयदेखि अञ्चल अस्पतालमा दरबन्दी अनुसारका चिकित्सक नहुँदा सेवा प्रभाबकारी हुन नसकेको गुनासो व्यापक रुपमा हुँदै आएको छ । दरवन्दि अनुसार आवश्यक विशषज्ञ डाक्टरहरुको अभावमा अस्पताल रेफर सेन्टर जस्तो मात्रै बन्ने गरेको सेवाग्राहीहरुले गुनासो गर्दै आएका छन् ।
जसले गर्दा अञ्चल अस्पतालको शाख गिर्दै गएको छ भने बिरामीहरु निजी क्लिन प्रति चर्काै शुल्क तिरेर जान बाध्य हुने गरेका छन् । तर शिकारु भएपनि छ जना डाक्टरहरु अञ्चल अस्पतालमा आएसंगै रेफरको समस्या केही मात्रामा समाधान हुने आषा गरिएको छ । निमित्ति मेसु अधिकारीले अब अस्पताल प्रतिको विश्वास बढेर जाने बताए ।
अञ्चल अस्पतालमा अभ्यासका लागि आएका छ जना डाक्टरहरुले जनरल सर्जन, स्त्रीरोग विशेषज्ञ, एनेस्थेशिया, बालरोग बिशेषज्ञ, नाककान घाँटी रोग बिशेषज्ञ , हाडजोर्नी विशेषज्ञ, मानसिक रोग विशेषज्ञ तथा वरिष्ठ फिजिसियनको अध्ययन गरिरहेका छन् ।
अभ्यासका लागि रोहीत पोख्रेल, किर ण रेगम्ी , कासिन शाह, मोदनाथमराठालगायतका डाक्टर आइतबार तुलसीपुर आईपुगेका हुन । उनीहरुलाई अञ्चल अस्पतालले एक कार्यक्रम गरि स्वागत गरेको थियो ।
नागरिक समाज दाङका संयो जक तथा अस्पताल बिकास समितिका संस्थापक अध्यक्ष टिकाराम रेग्मी, अस्पताल ब्यबस्थापन समितिका सदस्य नबराज लामिछाने, तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष बिमल रिजालललगायतले अभ्यासका लागि आएका डाक्टरलाई स्वागत गरेका थिए ।
प्रमुख बिहिन अञ्चल अस्पताल
यसैबिच मेसु डा. श्रेष्ठ सरुवा भएदेखि हालसम्म अञ्चल अस्पतालले नयाँ मेसु पाउन सकेको छैन । अहिलेसम्म डा. पदमराज अधिकारीले निमित्त मेसुको भुमिकामा छन् ।
श्रेष्ठ स्वास्थ्य मन्त्रालय अन्तरगत चिकित्सा सेवा महासाखा प्रमुखको रुपमा सरुवा भएर गएको दुई महिना बिति सक्दा पनि सरकारले नयाँ मेसु पठाएको छैन् । जस्ले गर्दा अस्पतालको दैनिक कामकाज प्रभाबित हुँदै आएको छ । राप्ती समाचार
