घोराही, १८ पुस । जिल्लामा सञ्चालन भएको लागुऔषध दुव्यर्सनविरुद्धको सचेतना अभियान अन्तरगत आज पद्मोदय पब्लिक उमावि भरतपुरमा सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
वडा प्रहरी कार्यालय घोराहीको समन्वयमा सामुदायिक प्रहरी सेवा केन्द्र दाङले आयोजनामा यो अभियान घोराही क्षेत्रमा प्लस टु तथा क्याम्पसमा सञ्चालन हुदै आएको छ ।
केन्द्रका अध्यक्ष विष्णु पुनको अध्यक्षता एवं विद्यालयका प्राचार्य डा.कृष्णराज डिसीको प्रमुख आतिथ्यता एवं सामुदायिक प्रहरी सेवा केन्द्रका निवर्तमान अध्यक्ष निशान्त आचार्य र वडा प्रहरी कार्यालय घोराहीका प्रमुख प्रहरी निरिक्षक सुर्यबहादुर थापाको विशिष्ठ आतिथ्यमा भएको कार्यक्रममा वडा प्रहरी कार्यालय घोराहीका प्रमुख प्रहरी निरिक्षक सुर्यबहादुर थापाले लागुऔषध भनेको के हो ?, लागुऔषध दुव्यर्सन, दुव्यर्सनी बन्नुका कारण, लक्षण, असर, बच्ने उपायलगायतका बारेमा जानकारी दिएका थिए ।
