इन्द्रेणी संवाददाता
घोराही, १८ पुस । त्रिपुर नगरपालिकाको तेस्रो नगरपरिषद यही पुस २० गते हुने भएको छ ।
जिल्लाको सबैभन्दा कान्छो नगरपालिकाको रुपमा रहेको त्रिपुर नगरपालिकाको परिषदबाट नगरपालिका क्षेत्रको समग्र विकास र प्रशासनिक खर्चका लागि बजेट पास गरिनेछ ।
नगरपरिषद उद्घाटन पूर्वसमान्य प्रशासन मन्त्री रेखा शर्माले गर्ने नगरपालिकाले जनाएको छ । नगरपालिकाको प्रागंनमा विहान ११ बजे शुरु हुने नगरपरिषदमा सहभागी भइदिन सबैलाई नगरपालिकाले अनुरोध गरेको छ ।
