तुलसीपुर, १८ पुस । तुलसीपुर सल्यान सडकखण्डको तुलसीपुर – ४ डाँडापातुमा आज रिफ्रेस सेन्टर उद्घाटन गरिएको छ । सवारी दुर्घटना न्युनिकरणका लागि लामोदुरीका रात्रिसेवाका सवारी चालकहरुलाई १५ मिनेट रोकेर रिफ्रेस गराउनका ट्राफिक प्रहरी कार्यालय तुलसीपुरले रिफ्रेस सेन्टरको स्थापना गरेको हो ।
पुनः स्थापना गरिएको रिफ्रेस सेन्टरको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपि लोकनाथ तिम्सीनाले एक समारोहकाबीच उद्घाटन गरेका हुन् ।
रात्रिसेवाका चालकहरुलाई १५ मिनेट आराम गराउनका साथै मुखधुनलगाई रिफ्रेस गराएर पुनह गन्तव्यमा जानदिइने ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका कार्यालय प्रमुख प्रहरी नायव निरीक्षक देववहादुर खत्रीले जानकारी दिए ।
रिफ्रेस सेन्टर स्थापनामा स्थानिय शिवनगर टोलविकास संस्था समाजसेवि प्रकाश थापा, राप्ती अञ्चल सार्वजनिक वस व्यवसायी समिति , मालिका कालिका प्रालि, जिप तथा मिनिमाइक्रो वस व्यवसायी समिति सानामालवहाक व्यवसाय समित लगाएतको आर्थिक सहयोगमा रिफ्रेस सेन्टर निर्माण भएको हो । रिफ्रेस सेन्टरमा खानेपानीको व्यवस्था मिलाईएको छ भने शौचालय पनि निर्माण गरीएको छ ।
