देहरादुन, १८ पुस । भारत उत्तराखण्ड राज्यको चम्वावत जिल्लाको लोहाघाटमा जीप दुर्घटनामा चार नेपालीसहित ६ जनाको ज्यान गएको छ । हिजो दिउँसो ३ बजे भारतीय बाटो हुँदै घर आउने क्रममा एकै परिवारका चार नेपालीसहित ६ जनाको मृत्यु भएको बताइएको छ ।

accdentनागार्जुन मावि शर्मालीका प्रअ महामलसिंह साउदले दुर्घटनामा एकै परिवारका ४ जनाको मृत्यु भएको जनाए। मृत्यु हुनेहरुमा शर्माली–२ दुबलाका ६२ बर्षीय गोविन्द साउद, उनकै भाइ, शिवराजकी पत्नी ५७ बर्षीया गोमती देवी उनकै भाइ ५४ बर्षीय बाशुदेव र ५ बर्षीय भतिजा आयुश रहेका छन् ।

तीनजनाको घटनास्थलमै र गोमतीको उपचारका क्रममा मृत्यु भएको प्रअ साउदले बताए। भारतीय संचार माध्यमका अनुसार लोहाघाटबाट मगलक जाँदै गरेको जीप रौलगांव नजिकको भिरबाट खसेको हो। १६ जना यात्रु रहेको जीपमा अन्य १० जना घाइते छन्। घाइतेहरुमा ६ जना नेपाली रहेको बताइएको छ।

घाइतेहरुमा शर्माली–५ कोणका चन्द्रसिंह साउद, पञ्चेश्वरका एक जनासहित मृतक परिवारकै ४ जना रहेका छन्। उनीहरुको हल्दानी र सामुदायिक स्वास्थ्य केन्द्र लुहाघाटमा उपचार भइरहेको छ।