कस्ता कस्ता घटना हुन्छन् । सुन्दा पनि अच्चमा लाग्ने । कुनै कुनै घटना सन्दा पनि सत्य हौइनन् कि जस्तो लाग्छ । त्यस्तै ब्राजिल पनि नपत्याउदो घटना भएको छ ।

pregnantएजेन्सीहरुका अनुसार ब्राजिलमा हालै एउटा यस्तो घटना भयो, जुन घटनाले मानिस कतिसम्म क्रुर र आततायी बन्दैछन भन्ने देखाउँछ । त्यहाँका एक निःसन्तान दम्पतीले एउटी गर्भवती महिलालाई अपहरण गरेर उनको पेटबाट बच्चा चोर्ने प्रयास गरे ।

आफूहरुबाट बच्चा नजन्मेपछि विक्षिप्त बन्दै आएका ती निःसन्तान दम्पतीले बच्चाका लागि सो काम गरेपनि बच्चा प्राप्ति गर्ने उनीहरुको प्रयास भने सफल हुन सकेन ।

बच्चा चोर्न उनीहरुले ती गर्भवती महिलाको चक्कुले पेट चिरे तर, दुर्भाग्य ती गर्भवती महिला र उनको पेटमा रहेको बच्चाको मृत्यु भयो ।
प्रहरीका अनुसार २१ वर्षिया थाइना दा पिन्टो र उनका श्रीमान फाबियो लुइज लिमाले दुई साताअघि २२ वर्षिया गर्भवती रायन्नी क्रिस्टिनी कोस्टालाई बच्चाकै लागि अपहरण गरेका थिए ।

अपहरण गरेर उनीहरुले आफ्नो घरमा लगेका थिए । त्यसपछि बगैंचामा लगी बच्चा निकाल्ने प्रयास गरेका थिए । कोस्टा र उनको बच्चाको शव दुई दिनअघि आरोपित दम्पतीको रियो दि जेनेरियोमा रहेको घरको बगैंचामा क्षतविक्षत अवस्थामा फेला परेको थियो ।