सुजता गुरुङ
आज एक बर्षपछि बल्ल फेरी यो आँगनमा म आफ्नो पाइला राख्दै छु । जाहाँ मेरो पहिलो रोदन, हाँसो, तोते बोली आजसम्म पनि घरको चारैतिर गुन्जिन्छन्, भन्छिन् मेरी आमा ।
जाहाँ बालखामा म आमालाई दौडीदौडी भागेर सताँउथे, आमाको भने सास फुल्थ्यो र त्यही पनि स्याँ–स्याँ गर्दै भएनी मलाई समातेर को खाई नानी को खाई रु गर्दै खाना खुवाउँथिन् ।
तैपनि म खान्न भन्दै झन् सताउने गर्थें ।
मेरी आमा अरु भन्दा धेरै फरक थिइन् । मेरी आमालाई रिता र प्रियाको आमाले जस्तै मिठो–मिठो पकाउन आउँदैनथियो । कहिले खाना डढाँथिन्, कहिले नुन चर्को त कहिले खल्लो पकाउँथिन् ।
त्यसैले स्कुलमा म सधैँ एक्लै बसेर खाजा खाने गर्थेँ ।
मेरी आमालाई मेरो कपाल कोर्न नि आउँदैनथ्यो, सधैँ बाङो टिङो बाटीदिन्थिन् ।
रिता र प्रिया जहिले चिटिक्क परेर स्कुल आउने गर्थे अनि मलाई गिज्याउने गर्थे । मलाई चित्त दुख्थ्यो अनि आमासँग घर आइघुर्की देखाउँथे, खाना खाँदिन थिए, घोसे मुन्टो लाएर बस्थेँ । आमा भने मसँग कहिले रिसाउँदैन थिइन्, म जति रिसाए त्यति फकाउन खोज्थिन् ।
म रिसले खुट्टा भुइँमा बजारथेँ, जिद्दी गर्थेँ, आमालाई चितार्थेँ । तैपनि आमा मलाई च्याप्प अङ्गालो हालेर काखमा च्यापेर मायाले मुसार्दै मलाई भन्थिन्, ‘छोरी १ मलाई यसरी नसताउन ‘। तिमी त मेरो ज्ञानी छोरी पो हौ त ।’
म भने एक कान ले सुनेर आर्को कान ले उडाउँथे । मलाई खाली मेरी आमा मेरा साथीहरुका आमा झैँ किन ‘पर्फेक्ट’ छैनन भन्ने कुरा मात्र मनमा खट्की रहन्थ्यो ।
तर आज मलाई आफैँ देखि रिस उठ्छ । आमा प्रति माया झन् बढेर आउँछ ।
म पश्चताप गर्छु ति हरेक क्षण जब मैले आमालाई सताँएको थिएँ । म आफ्सोच गर्छु ति हर एक बर्ष जब मैले आमालाई आमाको मुख हेर्ने दिनमा ‘विस’ गरिन ।
आज बिहेपछि पहिलो चोटी म मेरो आमालाई आमाको मुख हेर्ने दिनमै भेट्न आएकी छु ।
घर पुग्ने बित्तिकै, ‘आमा, म आएँ ‘‘।।१’ भनेर ठुलो स्वरले कराएँ । मेरी आमा सदा झैँ बार्दलीमा घाम ताप्दै ठूला ठूला चस्माले पत्रिकालाई नियाल्दै थिइन् ।
मलाई देखेपछि उनको मुहारमा खुसी र अचम्म दुवै थियो । किनभने म आउँदैछु भनेर आमालाई भनेकै थिइँन । म सप्राइज दिन चाहन्थे ।
त्यसपछि तल आएर हात मेरो शिरम राख्दै आशिर्वाद दिइन् र भनिन्, ‘आज त आमा को मुख हेर्ने दिन पो हो त है छोरी…..’
एकैछिन म फेरि पूरानै कुरामा हराए ।
म हठी थिएँ मैले मेरी आमालाई यत्रो बर्ष चिन्नै सकिन । म सधैँ मेरी आमालाई साडी कुर्था मा खोजिरहन्थे तर मेरी आमा सर्ट पान्टमा मलाई स्कुल छाडेर अफिस धाउँथिइन्, मेरो लागी बिहानै उठेर खाना बनाउँथिइन्, घर आएर मलाई होम वोर्क गराउँथिइन् र मलाई नसुताएसम्म सुत्दैन थिईन ।
हो १ मेरी आमा अरु भन्दा धेरै फरक थिइन् । जसले मलाई आमाको अनुपस्थितिमा पनि आमा सरि माया दिइराख्नु भयो ।
हो १ मेरी आमा धेरै नै फरक थिइन् । किनभने मेरो बुबा नै मेरी आमा थिइन् ।
आज घरमा मलाई देखेर बुवा निकै दङ्ग हुनुहुन्छ ।
आज बुवाछोरी सगैँ खानाखाने भन्दै किचेनतिर लाग्नु भयो ।
‘छोरी १ आजकल त म मिठो पकाउँछु नि…..’ भन्दै ठूलो स्वरमा हाँस्दै तरकारी धुन थाल्नुभयो ।
मलाई देखेर बुवाको मुहार मा आएको चमक एक टक ले हेरी रहुँ झैँ लाग्यो ।
मेरी आमा संसारमा सबैभन्दा फरक लाग्यो । धेरै फरक।
