क्यानडा, १८ पुस । क्यानडामा रक्सी खाएर विमान उडाउन लागेका एकजना पाइलट पक्राउ परेका छन् । एक सयजना भन्दा धेरै यात्रु चढेको विमान रक्सी खाएर चलाउन लागेको पाइएपछि ती पाइलटलाई ककपिटबाटै पक्रेको क्यानडाका अधिकारीहरुलाई उदृत गर्दै विविसीले जनाएको छ ।

airplane-vector-2क्यानडाको क्यालगरीबाट मेक्सिकोको क्यानकुनका लागि छुटेको विमानका ३७ वर्षिय पाइलटको नाम भने खुलाइएको छैन । ती पाइलटले अनौठो व्यवहार देखाएपछि उनले जाँड रक्सी खाएको एयरलाइन्सका कर्मचारीले आशंका गरेका थिए । उनी पक्राउ परेपछि विमान अर्कै पाइलटले उडाएका छन् ।