मोरङ, १८ पुस । सुन्दरदुलारी ६ का ५७ वर्षका धनबहादुर गुरुङलाई कृष्ण आयल ट्रेडर्समा चोरी गर्न आएको एक समूहले हानेको दाउराको चिर्पट लागेर ज्यान गएको छ ।
गएराति १२ बजे शरीर र अनुहारमा मोबिल दलेर सखुवाको आग्लो बोकेर रिक्सामा पेट्रोल पम्प पुगेका ती चोरको समूहले पम्पमा रहेका पुष्पप्रसाद सिग्देललाई ढोका खोल्न दबाब दिएपछि उनी अब मरिने भइयो भनेर छतमा चढी हामफालेर चोर चोर भन्दै भागेपछि गाउँले पम्पतिर आउँदा ती चोरले गुरुङलाई प्रहार गरेका थिए ।
चोर समूहले प्रहार गरेर गम्भीर घाइते भएका गुरुङलाई तत्काल उपचारका लागि नोबेल मेडिकल कलेज पुर्याई सघन उपचार कक्षमा उपचार गरिएको भए पनि उनलाई बचाउन सम्भव नभएको बताएको थियो ।
