काठमाडौं, १८ पुस । लगातार अबरुद्ध संसद खुलाउन सहमतिका लागि आज बसेको प्रमुख तीन दलको बैठक निष्कर्षविहिन भएको छ ।

three-party-meetingप्रधानमन्त्री कार्यालय सिंहदरबारमा वसेको बैठकमा सत्तारुढ दलका नेताहरुले संशोधन प्रस्ताव अघि बढाउन एमालेको सहमति मागेपनि प्रतिपक्ष दल नेकपा एमालेले अस्विकार गरेको छ । एमालेको अस्वीकार्यसँगै संसद खोल्नका लागि भएको प्रयास असफल भएको छ ।

सत्तारुढ दल एमाले र कांग्रेसले २०७४ माघभित्र चुनाव गर्नुपर्ने बाध्यता रहेकाले आन्दोलनरत दलको माग पूरा गरिनुपर्ने भन्दै संशोधन प्रस्ताव अघि बढाउन एमालेलाई आग्रह गरेको थियो । तर, एमालेले संशोधन प्रस्तावले समस्याको समाधान हुने नभई थप समस्या बल्झिने भन्दै प्रस्ताव फिर्ता लिने अडान लिएपछि बैठकबाट केही निष्कर्ष निस्कना नसकेको हो ।

बैठकमा माओवादी केन्द्रबाट प्रधानमन्त्री प्रचण्ड र नारायणकाजी श्रेष्ठ, नेपाली कांग्रेसबाट शेरबहादुर देउवा र रामचन्द्र पौडेल, नेकपा ९एमाले० बाट केपी शर्मा ओली र बामदेव गौतम सहभागी थिए ।