रुकुम, १८ पुस । रुकुममा सार्वजनिक खानेपानीका धारा हटाउदै एक घर एक धारा अभियान शुरु गरिएको छ । सरकारले जिल्लामा एक घर एक धाराको अवधारण शुरू गरेपछि सार्वजनिक खानेपानीका धाराहरु हराउन थालेको हो ।

tapजिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले गत वर्षदेखि सार्वजनिक धारालाई विस्थापित गरेर निजी धारा बनाउन थालेको छ । सबैलाई खानेपानीको पहुँचमा पु¥याउन र सरकारको लगानीलाई सहि सदुपयोग गर्नको लागि सार्वजनिक धारालाई विस्थापित गरेर एक घर एक धाराको अवधारण शुरू गरिएको कार्यालय प्रमुख विकेश बधानथाछेले बताए । यसले गर्दा गाउँमा सञ्चालन हुने आयोजनाहरु दिर्घकालीनसम्म सञ्चालन हुनुका साथै सबैको घरमा पानीको पहुँच पुग्ने विश्वास उनको छ ।

एक घर एक धाराको अवधारण लागू भएपछि स्थानीयहरु पनि खुशी भएका छन् । अहिलेसम्म जिल्लाका सिस्ने, काँक्री, मोरावाङ, चुन्वाङ र सिम्ली गाविस बाहेक अरु सबै ठाउँमा यो कार्यकाक्रम लागू भएको कार्यालयको भनाई रहेको छ । एक घर एक धारा पु¥याउनको लागि ठूला आयोजनालाई विशेष प्राथामिकता राखेर काम सञ्चालन भईरहेको कार्यालय प्रमुख बधानथाछेले बताएका छन् ।

सार्वजनिक धारामा पानी प्रयोग गर्दा थोरै समय मात्र प्रयोग हुने र पछि कसैले मर्मत नगर्दा खानेपानीको समस्या बढ्दै गएपछि डिभिजन कार्यालयले यस्तो कार्यक्रम शुरू गरेको हो ।

कार्यक्रम लागू भएपछि लामो समयदेखि पानीको समस्या झेल्दै आएका सर्वसाधारणहरु घरमै पानी पुगेपछि खुशी भएका छन् । अहिलेसम्म यो कार्यक्रम झुला र पेउघा गाविसका विभिन्न ठाउँमा सम्पन्न भइसकेको छ भने अन्य धेरै ठाउँमा सम्पन्नको अन्तिम तयारीमा रहेको कार्यालयको भनाई छ ।

अब अति आवश्यक विद्यालय, मन्दिर बाहेका अन्य कुनै पनि ठाउँमा सार्वजनिक खानेपानीका धारा नबाउने गरेर सञ्चालन भईरहेका आयोजनामा काम भईरहेको बताएको छ ।