तुलसीपुर १८ पुस । श्रीमानको बञ्चरो प्रहारवाट गम्भिर घाईते एकजना महिलाको एकहप्तापछि उपचारका क्रममा मृत्यु भएको छ । दाङ देउखुरीको लालमटीया गाविस वडा नं. १ बसन्तपुर निवासी ५२ बर्षीय श्रीराम चौधरीले आफनै श्रीमती हलिया चौधरीलाई बञ्चरो प्रहार गरि गम्भिर घाईते तुल्याएका थिए ।
मादत पदार्थले मातेका चौधरीले गत पुस ११ गते दिउँसो ३ बजे श्रीमतिलाई बञ्चरो प्रहार गरि शक्त घाइते बनाएका थिए । घाइते चौधरीलेको आइतवार विहान ६ बजेतिर उपचकारका क्रममा बुटवलमा मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी धिरज प्रताप सिंहले जानकारी दिएका छन् ।
श्रीमतीलाई बञ्चरो प्रहरी गरि हत्या गरेको अभियोगमा श्रीराम चौधरीलाई ईलाका प्रहरी कार्यालय भालुवाङले नियन्त्रणमा लिएर अनुसन्धान थालेको एसपी सिंहले जानकारी दिएका छन् ।
