baidhya-maudabi

प्रकाश डाँगी, गोल्टाकुरी  १८ पुस ।  दाङको विकट गाविस मानिने गोल्टाकुरी गाविसमा चन्दा आतंकले सर्वसाधरण नागरिक त्रसिद बनेका छन् ।  सार्वजनिक स्थानमा सूचना टाँसेर विभिन्न व्यक्तिहरु संग लाखौं चन्दा माग्ने,धम्काउने तथा सार्वजनिक पदहरुवाट राजिनामा माग्ने खेल सुरु भएको छ ।

कम्यूनिष्ट पार्टी माक्सबादी लेलिनवादी क्रान्तिकारी (माओवादी)को लेटर प्याड प्रयोग गरि मदन पुनको नामवाट सार्वजनिक गरिएको पत्रमा विभिन्न व्यक्तिसंग चन्दा माग गर्नुको साथै उनीहरुलाई वन, मन्दिर जस्ता संस्थाहरुको पदबाट राजिनामा दिन समेत चेतावनी दिइएको छ ।

सार्बजनिक स्थलमै सूचना टाँस गरि बिभिन्न ब्यक्तिहरुको नाम नै उल्लेख गरेर चन्दा तोकिएको छ । र उक्त तोकिएको रकम ४५ दिन भित्र दिन चेतावनी दिइएको छ । गोल्टाकुरी गाबिस वडा नं.२ निवासी भुवनदास डाँगी, कुमार बस्ने, टिकाराम चौधरीको नाम उल्लेख गरेर तीन लाख देखि ५० हाजारसम्म चन्दा दिन उर्दी जारी गरिएको पत्र फेला परेको गोल्टाकुरी प्रहरी चौंकीका हवल्दार मानबहादुर थापाले बताए ।

थापाका अनुसार  सार्बजनिक स्थान जस्तै स्थानीय विद्यालयहरुमा त्यस्तो सूचना टाँस गरेर चन्दा र पद त्याग्न चेतावनी दिइएको छ ।  घटनावारे  अनुसन्धान सुरु गरिएको बताएको प्रहरीले यस समन्धमा माथिल्नो निकायमा समेत जानकारी गराई सकेको थापाले बताए । तर उनले कुन समुह वा व्यक्तिले यसरी सार्बजनिक सूचना टाँस गरेर चन्दा माग गरेको भन्ने खुल्न नसेको बताए ।