3fd / xfjfaf6 ljh'nL–ufpF lemlnldnLdsjfgk'/ kmfk/af/Ldf lgdf{0f ul/Psf] @% lsjf Ifdtfsf] jfo'–;f}o{ ldl>t ljB't\ kl/of]hgf . o; kl/of]hgfaf6 :yfgLo !#! 3/df ljB't ;'ljwf pknAw ePsf] 5 . tl:a/ M s[i0f clwsf/L, /f;;

अछाम, १८ पुस । अछामको कमल बजारमा हावाबाट ३१ किलोवाट क्षमताको बिजुली उत्पादन गर्न लागिएको छ । मंसिरको तेस्रो साताबाट शुरु गरिएको वायु विद्युतको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

3fd / xfjfaf6 ljh'nL–ufpF lemlnldnLdsjfgk'/ kmfk/af/Ldf lgdf{0f ul/Psf] @% lsjf Ifdtfsf] jfo'–;f}o{ ldl>t ljB't\ kl/of]hgf . o; kl/of]hgfaf6 :yfgLo !#! 3/df ljB't ;'ljwf pknAw ePsf] 5 . tl:a/ M s[i0f clwsf/L, /f;;
वैकल्पिक ऊर्जा प्रर्वद्धन केन्द्रको सहयोग र स्थानीयको श्रम तथा अनुदानमा सुरु गरिएको उक्त आयोजनामा बिजुली बाल्न विद्युत् भवन निर्माण भएको भने पङ्खा जोडिसकिएको छ । बिजुली बाँड्न खम्बा गाड्ने काम भइरहेको उपभोक्ता समिति अध्यक्ष नृप बोहराले जानकारी दिए ।

बोहराका अनुसार सो आयोजनाबाट ३१ किलोवाट क्षमताको हावाबाट विद्युत् उत्पान गरी कमलबजार नगरपालिका भित्र बिस्तार गरिने छ । सोलार र तार जोड्ने तथा केही विद्युतीय खम्बा गाड्ने काम बाँकी रहेको अध्यक्ष बोहराले बताए । यी काम पनि पुसभित्र सक्ने योजनामा रहेको उनले बताए ।

बाँकी काम सम्पन्न भएपछि माघ १ गतेबाट कमलबजारमा बिजुली बाल्ने छ । हाललाई एकसय ४७ घरमा विद्युत् बाल्ने र केही समय भित्रै दुईसय घरधुरी समेट्ने योजना रहेको छ ।

वैल्पिक ऊर्जा प्रर्वद्धन केन्द्रको एक करोड ५४ लाख र स्थानीयको ३० लाख प्रत्यक्ष लगानी गरिएको छ भने स्थानीयले जनश्रमदान गरिरहेका छन् । बाह्रै महिना निरन्तर हावा चलिरहने कमलबजारमा हावाबाट बिजुली बल्ने भएपछि त्यस आसपासका नागरिक खुसी र उत्साहित भएका छन् । जिल्लामा हावाबाट बिजुली बालिने यो पहिलो प्रयास पनि हो ।