तुलसीपुर १८ पुस । नेकपा माओवादीका नेता टोपबहादुर रायमाझीले यात्रुको सुबिधाका लागि यातायात क्षेत्रमा प्रतिस्पर्धा आबश्यक रहेको बताए । मालिका कालिका यातायात प्रालि दाङको पहिलो बार्षिक उत्सबका अबशरमा आयोजीत कार्यक्रममा मन्तब्य ब्यक्त गर्दै उनले यस्तो बताएका हुन् ।
पुर्बाधार बिकास, आर्थिक सम्बृद्धिको ढोका खोल्न हरेक क्षेत्रमा प्रतिस्पर्धा आबश्यक भएको उनको भनाई छ । पुर्ब उपप्रधान तथा उर्जा मन्त्री समेत रहेका उनले भने ‘यातायात क्षेत्र भनेको यात्रुहरालाई सेवा गर्ने क्षेत्र हो , सेवा गर्दा पुँजि पनि कमाईन्छ ।’ उनले यातायात क्षेत्रमा देखिएको सिन्डिकेटलाई अन्त्य गर्नु नै अपरिहार्य रहेको उनको भनाई थियो ।
मालिका–कालिका यातायात प्रालिका अध्यक्ष सुमन पोख्रेलको अध्यक्षता तथा माओवादी केन्द्रका नेता तथा पुर्ब उपप्रधान तथा उर्जा मन्त्री रायमाझीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा यातायात ब्यबस्था कार्यालय राप्तीका प्रमुख अच्युत दाहाल, माओवादी केन्द्रका केन्द्रीय सदस्य रामजी चौधरी,एमालेका जिल्ला कमिटी सदस्य चुर्नबहादुर वली,राप्रपाका हंश्राज केसी,थरुहटका शरण थारु,अधिवक्ता मोहन धिताल लगाएतका बक्ताले मालिका कालिका यातायातले यात्रुमैत्री सेवा दिन सकोस भनी शुभकामना ब्यक्त गरेका थिए ।
उनीहरुले सेवा शुरुआत गर्दा देखिएका चुनौतीलाई पार गरी सेवा दिन सफल भएको भन्दै प्रसांसा गरेका थिए । प्रालिले सेवा बिस्तार गरी ग्रामिण क्षेत्रमा पनि सहज यातायात सेवा सञ्चालन गर्न उनीहारुले सुझाब दिएका थिए । मालिका कालिका यातायात प्रालि दाङले २०७२ पुस १७ गतेबाट आफ्नो सेवा शुरु गरेको थियो ।
प्रालिका उपाध्यक्ष राज बिक्रम आरसीले स्वागत गरेको कार्यक्रमको सहजीकरण प्रालिका प्रेस सल्लाहकार गणेश आचार्यले गरेका थिए ।
