kul-prasad-koirala

घोराही १८ पुस ।  नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति डा. कुलप्रसाद कोईरालाले दाङ शैक्षिक उदगमको एक वलियो आधार स्तम्भ रहेको चर्चा गरेका छन । गोर्खा ग्रुपद्धारा संचालित गोर्खा ईन्टरनेशनल विद्यालय घोराहीको १९ आंै वार्षिक उत्सवलाई आइतवार सम्वोधन गर्दै डा.कोईरालाले शिक्षाका क्षेत्रका दाङ नेपालकै एक नमुना योग्य र प्रशंनिय क्षेत्र रहेको वताए ।

उनले भने ‘दाङ नेपालकै शैक्षिक जगतको अग्रणि क्षेत्र हो ।’  नेपालकै ठूलो अन्र्तराष्ट्रिय  शिक्षण संस्थाका रुपमा नेपाल संस्कृत विश्व विद्यालय दाङमै रहेकाले दाङको शैक्षिक विकासको सम्भवना अझै अव्वल र उज्जवल रहेको उनले तर्क गरे ।  तर राजनीतिक वाधा र व्यावधानका कारण प्रसिद्ध र प्रख्यात विश्वविद्यालय माथि केही आँच आएको उनले बताएका थिए ।

उनले भने ‘नेपालकै शैक्षिक जगतको सम्भावना वोकेको दाङ उपत्यकाको शैक्षिक विकास निकै महत्वपुर्ण स्थल हो ।’  उनले विश्व विद्यालयले उत्पादन गरेका दक्ष र कुुशल जनशक्ति दाङकै सेवामा लागेको बताए । राष्ट्रिय तथा अन्र्तराष्ट्रिय क्षेत्रमापनि विश्वविद्यालयको उत्पादनहरुले काम गरिरहेको उनले दाबी गरे ।  उनले  शैक्षिक क्षेत्रको  निकै सम्भावना वोकेको  दाङ पछिल्लो समयमा खुम्चदै गएको भन्दै चिन्ता जाहेर गरेका थिए ।

शैक्षिक क्षेत्रमा वढ्दो राजनीतिक हस्तक्षेपका कारणका दाङको शिक्षा माथि केही प्रश्नहरु उठेकोले त्यो निराकरणको लागि शिक्षा प्रेमी जागरुक बन्नुपर्ने उनको धारणा थियो । विश्व विद्यालयमा पटक पटक ताला लगाउने गरिएको प्रति असन्तुष्टि जनाएका उनले त्यो दाङको अस्तित्वसंग जोडिएको सन्दर्भ भएकोले दानदाता सहेर बस्नु गलत हुने बताए ।  उनले भने  ‘विश्वविद्यालय दाङको मात्रै गहना होईन ।

नेपालकै गहना हो । तर यसको विकास र संरक्षण अझै दङगाली व्युझिएका छैनन ।’  शिक्षा क्षेत्रको विकासले मुलुक समृद्धि र सभ्य वन्न सक्ने चर्चा गरेका उनले शिक्षाको जीवन्त अनुशरण गर्न शिक्षार्थीलाई उनले आग्रह गरेका थिए । शिक्षक , अभिभावक , शिक्षण संस्था र विद्यार्थी सहकार्यले मात्रै शिक्षाको विकास हुने उनको धारणा थियो ।

उनले दाङमा पछिल्लो समयमा गुणस्तरिय शिक्षिण संस्थाहरु खुल्ने क्रम वढ्दै गएको प्रति खुसी जाहेर गरेका थिए ।  यो नै भविस्यको  दाङको विकासको आधारहरु भएको उनले बताएका थिए ।

कार्यक्रममा  प्रेस काउन्सिलका  पुर्व अध्यक्ष  नारायण प्रसाद शर्माले शिक्षा विनाको विकास असम्भव  रहेकाले शिक्षाको विकास अत्यन्त जरुरी रहेको वताए  । विद्यालयका  संस्थापक अध्यक्ष मान वहादुर वुढाको अध्यक्षता एंव  उपकुलपति डा. कुल प्रसाद कोईरालाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राष्ट्रिय परिक्षा वोर्डका  ऋषिराज रिजाल , प्याब्सनका जिल्ला अध्यक्ष यादव गिरी ,नवलसिंह घर्र्ती  , राजेन्द्र श्रेष्ठ , शोभाकर पन्थी  र स्रोत व्यक्ति राम प्रसाद जैसी लगाएतकाले  शुभकामना मन्तव्य व्यक्त गरेका थिए  ।

वार्षिक उत्सवका अवसरमा विद्यालयले शिक्षक शोभाकर पन्थी र हिमाली रोकालाई उत्कृष्ट शिक्षक र कर्मचारीका रुपमा पुरुस्कृत गरेको थियो ।  विद्यालयका प्रधानध्यापक  मानसिंह  वुढाको स्वागत मन्तव्य वाट शुरु  भएको कार्यक्रमको सहजीकरण शिक्षक  भिम प्रसाद वेलवासेले गरेका थिए  ।