तुलसीपुर १८ पुस । तुलसीपुर नगरपालिका क्षेत्रमा निमार्ण गर्ने भनिएको नगर चक्रपथमा सांसद डिल्लीबहादुर चौधरीले चासो व्यक्त गरेका छन् । चक्रपथ निर्माणको काममा भइरहेको ढिला सुस्तिवारे चासो व्यक्ति गरेका उनले आवश्यक वजेट व्यवस्थापनमा सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।
आइतवार जिल्ला सडक डिभजन कार्यालय दाङका प्रमुख शिरवहादुर घिमिरेलाई साथमा नगरपालिका पुगेका सांसद चौधरीले नगर चक्रपथ निर्माणमा नगरपालिकाले गरेको पहल र प्रयास तथा चुनौतिको बारेमा जानकारी माग गरेका थिए ।
नगरपालिकाको क्षेत्र विस्तार भएपछि पुरानो चक्रपथ रेखाङ्कनलाई दक्षिण पुर्वमा विस्तार गर्नेगरी चक्रपथ निर्माणगर्न चक्रपथ व्यवस्थापन समितिलाई सांसद चौधरीले आग्रह गरेका थिए । सांसद चौधरीले चक्रपथको डिपिआर सर्भेका लागि सडक विभागले हाल आठ लाख विनियोजन गरेको र डिपिआर भइसकेपछि योजनालाई वहुवर्षिय योजनामा पार्ने र आवश्यक वजेटको व्यवस्थापन गर्न सकिने जानकारी दिएका थिए ।
त्यस अवसरमा चक्रपथ व्यवस्थापन समितिका अध्यक्ष एवं पुर्व नगर प्रमुख ढुण्डिराज लामिछानेले चक्रपथ निर्माणमा समितिले गरेका पहल प्रयासका वारेमा जानकारी गराएका थिए । नगर क्षेत्र विस्तार भएपछि समिति निक्रिय प्राय रहेको संयोजक लामिछानेले जानकारी दिए । विस्तारित नगर क्षेत्रको कुन स्थानवाट चक्रपथ निर्माण गर्ने भन्ने विषयमा सोमवार विहान चक्रपथ व्यवस्थापन समितिले सर्वपक्षिय वैठकको आह्वान गरेको छ ।
नगरपालिकाले चक्रपथको डिपिआर सर्भेका लागि चालु आर्थिक वर्षमा २५ लाख वजेट विनियोजन गरेको नगरपालिकाले जनाएको छ । कार्यकारी अधिकृत टोपेन्द्र केसीको अध्यक्षता एवं सांसद डिल्लीबहादुर चौधरीको प्रमुख आतिथ्यतामा भएको छलफल कार्यक्रममा सडक डिभजन कार्यालय दाङका प्रमुख शिरवहादुर घिमिरे , नेपाली काँग्रेस क्षेत्र नं. ४का सभापति जगतवहादुर खड्का,नेकपा एमालेका कृष्ण भुसाल, उद्योग वाणिज्य संघ तुलसीपुरका अध्यक्ष विमल रिजाल,राप्तीअञ्चल सार्वजनिक वस व्यवसायी समितिका अध्यक्ष शुरेस हमाल लगाएतले चक्रपथ निर्माणका वारेमा आ–आफ्ना धारणा व्यक्त गरेका थिए ।
योजना अधिकृत पवन योगीले चक्रपथ निर्माणमा नगरपालिकाले गरेका पहल प्रयासका वारेमा जानकारी गराएका थिए चक्रपथ निर्माणमा सांसद चौधरीको चासो कार्यक्रमको सहजीकरण नगर पालिकाका सूचना अधिकारी झरेन्द्र खरेलले गरेका थिए ।
