शरद रेग्मी
तुलसीपुर, १७ पुस । लक्ष्मीपुरको गोग्लीस्थित घोराही सिमेन्ट उद्योगको आज जिल्लाका उद्योगी व्यवसायिहरुले अवलोकन गरेका छन् ।

c1-1घोराही सिमेन्ट उद्योगले उत्पादनमा ल्याएको सगरमाथा सिमेन्टको वस्तुगत स्थिती र उद्योगको वारेमा अवलोकन गर्न तुलसीपुर उद्योग वाणिज्य संघको एक टोली उद्योगमा पुगेको थियो ।

वाणिज्य संघका अध्यक्ष विमल रिजालको नेतृत्वमा उद्योगी, व्यापारी एवं व्यवसायीहरु घोराही पुगेका थिए । सो क्रममा वोल्दै संघका अध्यक्ष रिजालले मापदण्ड अनुरुप स्थापित उद्योगहरुलाई राज्यले संरक्षण गर्नुपर्ने वताए ।

पछिल्लो अवस्थामा जिल्लामा औद्योगिकरणको विकास भैरहेको भन्दै उद्योग स्थापनाले स्थानियस्तर र जिल्लाको विकासमा समेत टेवा पुग्ने रिजालको धारणा छ ।

सो अवसरमा घोराही सिमेन्ट उद्योगका वरिष्ठ जनसम्पर्क अधिकारी विकास शर्माले उद्योग स्थापना भएको क्षेत्र र गा.वि.स.मा स्वास्थ्य, खानेपानी, वाटो र स्कुलहरुको स्तरबृद्धिका लागि ठूलो योगदान पुरयाएको वताएका थिए ।