दाङ, १७ पुस । नेकपा एमाले सौडियार गाउँ पार्टीको आयोजनामा एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

गाउँ कमिटीका अध्यक्ष थुरेन्द्रबहादुर वलीको अध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रम जिल्ला अध्यक्ष टीकाराम खड्काले समसामयिक राजनीति र नेकपा एमालेको भूमिका विषयमा प्रशिक्षण दिएका थिए ।

त्यस्तै जिल्ला उप–सचिव सुरामणि बेलवासेले ‘कम्यूनिष्ट आन्दोलन र जनताको बहदलिय जनवाद’ विषयमा प्रशिक्षण दिएका थिए । कार्यक्रममा जिल्ला सदस्य अमरबहादुर ओली, क्षेत्रनम्वर ३ का कार्यवाहक अध्यक्ष वीरबहादुर चौधरी, गाउँपार्टीका उपाध्यक्ष ढुकीराम चौधरी विचार राखेका थिए ।