गोविन्द खड्का
घोराही, १७ पुस । बचत गर्नेलाई धनी बनाउन साझेदारी वचत तथा ऋण सहकारी संस्था घोराहीले शेयर सदस्यलाई सहकारी शिक्षा तालिम दिएको छ । एक दिने तालिममा वचतका उपाए बारे छलफल गरीएको थियो ।

20161231_123108करीव एक सय जनालाई लक्ष्ँित गरीएको कार्यक्रममा राष्ट्रिय सहकारी वैकका शाखा प्रमुख नारायण बेल्वासेले प्रशिक्षण दिनुभएको थियो । उहाका अनुसार सहकारीको उद्देश्य पुरा गर्न नकमाए पनि बचत गर्नुपर्छ । नियमित बचत नगर्नेहरु सहकारीका शेयर सदसय हुनै सक्दैनन् ।
क्यारेम खेल्ने, तास खेल्ने, हेलो गरेर फोनमा विताउने चलन आयो कसरी कमाउने भनेर सदस्यहरुले प्रश्न राखेका थिए । अधिकांश पाकाहरु सहभागि कार्यक्रममा अहिलेको अबस्थाले चित्त दुःखाएको बताए । खर्च कटौति गरेर वा कमाई बढाएर बचत गर्नुपर्छ भन्दा हलमा सहभागि धेरै गुनगुनाए ।

उनिहरुलाई प्रशिक्षकहरुले वचत गर्न चाहने उपाए नभएका क्षेत्रमा सहकारीले निश्चित रकम खर्च गरी कमाउने मेलो बनाईदिनु पर्छ भनेर आश्वस्त पार्न खोजे । पल्लो घरकाले खसी काट्दा मासु दिएन भने, पख् भनेर आफुले अर्को खशी ढाल्ने दुश्हास नगर्न आग्रह गरे । घरको दुःध सस्तोमा बेच्ने महंगो कोक किनेर खाने, आलु कम मुल्यमा बेच्ने महंगो चिप्स किनेर खाने तरीकाले धनि हुन नसकिने सम्झाए । नियमित महिनाको एक हजार बचत गर्न कन्जुसाई मान्छन् । खानेवेला धनि जम्मा गर्दा गरीव मानसीकता दोषि छ । त्यसबाट उम्किन आग्रह गरे ।

सहकारीलाई ऋण दिने साहु जस्तो, बचत संकलन गर्नेलाई भिक्षा माग्न आएका मगन्ते जस्ता ठानेर पनि भुल भएको महशुस गराए । शेयर सदस्य हुने नियमित बचत नगर्नेहरु सहकारीका शेयर हुनै नसकने स्पष्ट पारे । जवाफ मुख सम्म आएपनि झ्वाट्टै बोल्ने बानि नबसेका धेरेछन् । बोल्ने वानिको विकास जति हुन्छ सामाजिक विकासको स्तर पनि उत्तकै अघि बढ्छ ।

वेद पढियो आर्थिक वारे कहिल्यै हेरिएन भन्ने पाकाहरु पनि सहभागि थिए । धन भए सबै हुन्छ तर घन कसरी कमाउने त ? पशु पालन गरेपछि रोगले सिध्याउछ । बचाएर वा कमाएर बचत गर्ने हो । यी दुबै उपाए न अपनाउने धेरै छन् । छोरा छोरीलाई जस्तै आफ्लाई पनि महत्व राख्न आग्रह गरे । अबको जमाना पैसालाई वा आमा भन्ने केहि नहुनेलाई बृद्धाश्रम पढाउने आएको प्रति सचेत गराए । नचाहिदा सामान खरीद गरेर निरन्तर गरीब बनेका छौ । त्यसलाई हटाई बृद्धावस्थामा व्याजले ज्युने स्तरको बचत गर्न आग्रह गरे ।

एउटा पुस्ताले दुःख गर्नुपर्छ । त्यो भनेको खातामा रकम जम्मा गरेको अंकको प्रतिस्पधा हो । यदि कमाएर देखाउन सकिएन भने भावि पुस्ताले म यो देशमा किन जन्मीए हुला भनेर हिनता बोध गर्छ । अहिलेको पुस्तालाई श्रापछ । बचतलाई चन्दा सम्झीने र दिन डराउनेलाई त्यहि लैजान्छ । जिल्लामा छ सय २२ यस्ता संस्थाहरु छन् । जसमा ९६ वटा घोराही क्षेत्रमा मात्रै रहेका छन् । उनिहरुका सबै शेयर सदस्यले धनिहुने वाटो अपनाए भने गरीवी वाट मुक्ति मिल्छ ।