पाँचथर, १७ पुस । अगुल्टोले हान्दा पाँचथर नाँगिनका एक व्यक्तिको ज्यान गएको छ । ज्यान जानेमा नाँगिन–८ भोटे गाउँ बस्ने ६४ वर्षीय डालमु शेर्पा रहेका छन् ।
गएराति सामान्य विवादमा झगडा हुँदा १८ वर्षीय आकाश शेर्पाले अगुल्टोले डालमुको टाउकोमा हानेका थिए । अगुल्टोले हानेपछि गम्भीर घाइते भएका शेर्पाको उपचारका क्रममा घरमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
