चेतन रेग्मी
दाङ, १७ पुस । पुर्बमन्त्री टोपबहादुर रायमाझीले संबिधान संसोधनभन्दा संबिधान कार्यान्वयन महत्वपूर्ण भएको बताएका छन् ।
राप्ती ब्रोडकास्टीङ प्रालिले तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटघाटमा रायमाझीले संबिधान कार्यान्वयन भन्दा संबिधान संसोधनको बिषय पहिले उठान भएकाले त्यसतर्फ दलहरुको ध्यान जानुपर्ने बताए ।
संविधान संसोधनमा पार्टीको भन्दा तपाइँको धारणा फरक छ नि भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले वाहिर हल्ला भएजस्तो आफू संसोधनको विरोधी नभएको बताए । उनले राष्ट्रिय सहमति विना संविधान हुन नसक्ने बताए ।
