kriya-purti

दिपक बोहरा , तुलसीपुर  १६  पुस ।  दिउसो १२ बज्नै लागेको थियो । तुलसीपुर ६ मा रहेको आईडिएल बोडिङ्ग स्कुलको अभिभबक दिबसको  अबशरमा  बिद्यार्थीहरुले आ–आफ्ना प्रस्तुती राखिरहेका थिए । उनीहरुको प्रस्तुती देखेर त्यहाँ उपस्थित अतिथिहरु, अभिभाबक , बिद्यार्थीहरु रमाईरहेका थिए ।

स–साना बिद्यार्थीहरुको कला देखेर सबैको अनुहारमा खुसियाली देखिन्थ्यो । एका एक कार्यक्रम सञ्चालकले सेतो बस्त्र धारण गरेका तीन आमा छोरालाई मञ्चमा बोलाए ।  क्यान्सर रोगले गर्दा ३५ बर्षको अल्पायुमै मृत्यु भएका तुलसीपुर १ राणागाउका बिर बहादुर खत्रीका परिवार थिए उनीहरु ।

 बिर बहादुरका कक्षा ५ मा अध्ययनरत ११ बर्षिय छोरा केशब र  कक्षा ९ मा अध्ययनरत १४ बर्षीय सन्तोष सहित श्रीमती सितला सेतो बस्त्र सहित मञ्चमा उपस्थित भए । सबैको ध्यान उनीहरु तिरै केन्द्रित थियो । कलिला बालक अनी तीनीहरुले पहिरिएको सेता कपडा र उनीहरुको पीडा सार्बजनीक मञ्चमा देख्दा सबैलाई अनौठो लाग्यो, त्यहाँको माहोल एकाएक परिबर्तन भएको थियो ।

कार्यक्रममा त्यहाँ अध्ययनरत बिद्यार्थीहरुको प्रतिभा देखेर रमाईरहेका उपस्थितहरुका मुहार त्यो कारुणीक दृष्य देख्दा एका एक मलिन बनेका थिए ।  उनीहरुको पीडा देख्दा सबै जना दुःखी भएको उनीहरुको अनुहारले प्रस्टै देखाउथ्यो । अरु कसैमा परेको पीडालाई टाढा बाट हेर्दा त मान्छे यति दुःखी बन्छ भने आफुलाई पनि उनीहरु जस्तै पीडा आईप¥यो भने झन कस्तो होला ?  सबैजनाले उनीहरुको दुःखलाई आफुसंग दाँजेर कल्पना गरेको भाब ब्यक्त गर्दै थिए ।

जब राम प्रशाद शर्मा कालाथोकीको सम्झनामा श्रीमती राजी शर्मा, छोरी  सुनिता केसी र छोरा सुनिल शर्माले पीडित खत्री परिवारलाई  बिद्यालयको अभिभाबक दिवसको अबशरमा मञ्चमै बोलाएर दश हजार रुपैयाँ सहयोग हस्तान्तरण गरे । त्यस्पछि उनीहरुलाई सहयोग गर्नेको लहर थियो । सांसर डिल्ली बहादुर चौधरी देखी त्यहाँ अध्ययनरत बिद्यार्थी, अभिभाबकलगायतका सहयोगीदाताहरुले सहयोग गरे ।

त्यही कार्यक्रममा मात्रै उनीहरुलाई ५६ हजार पाँच सय ५० रुपैयाँ आर्थिक सहयोग भएको थियो । दाङको तुलसीपुरबाट प्रकाशन हुने राप्ती समाचार राष्ट्रिय दैनिकको यहि पुस १३ गते बुधबारको अंकमा प्रकाशित‘ श्रीमानको उपचारमा सम्पत्ती सकियो, अब जीवन कसरी चलाउने’ शिर्षकको समाचारले उनीहरुलाई आर्थिक संकलन गर्न सहयोग पुगेको छ ।

सोही समाचार तथा नियमीत फ्लोअपले सोही रकम खत्री परिवारलाई हस्तान्तरण गर्ने अबशर जुटेको हो  । प्रत्येक बर्ष दुःखी , गरिब , अशाह्यलाई प्रदान गर्दै आईरहेको सहयोग रकम यस बर्ष खत्री परिवारलाई हस्तान्तरण गरेको छ । स्कुलका प्रिन्सीपल  रेघु केसीले ईन्ट्रान्स परिक्षा पास गर्न सफल भएमा निःशुल्क पढाउने पनि बताए ।

शुक्रबार  उनीहरुलाई जम्मा ६४ हजार ६ सय ५५ रुपैयाँ सहयोग संकलन भएको छ ।  स्कुलबाट रु ५६ हजार पाँच सय ५० , स्थानिय समदर्शी युवा क्लबको पहलमा  ॐ नम जागृति कृषि सहकारी संस्थाले पाँच हजार र मृणाल पेट्रोल पम्पले तीन हजा एक सय पाँच रुपैयाँ सहयोग गरेको क्लबका सल्लाहकार चेतमान सेजुवालले जानकारी दिए । क्यान्सरबाट श्रीमानको उपचारमा लागेको २०÷२५ लाख रुपैँया ऋण तीर्न तथा घरखर्च चलाउन समस्या भएको श्रीमती सितलाले बताईन् । उनका दुई छोरा गुरुजजुर उच्च माद्ययामिक बिद्यालय तुलसीपुरमा अध्ययनरत छन् ।

आईडिएलको अभिभाबक दिवस
यसैबिच आईडिएल बोडिङ्ग स्कुलले अभिभबक दिवस  शुक्रबार मनाएको छ ।  प्रिन्सीपल रेघु केसीको अध्यक्षता तथा प्रमुख अतिथि सांसद डिल्ली बहादुर चौधरीको प्रमुख आतिथ्यता एबं  बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष  दीपक धित्तालको बिशिष्ट आतिथ्यतामा दिबस मनाएको छ । भेलामा मन्तब्य  ब्यक्त गर्दै संसद डिल्ली बहादुर चौधरील शिक्षाको ज्योति फैलाउने कार्य संगै अन्य अतिरिक्त क्रियाकलापमा पनि आईडिएल स्कुल अग्रपंक्तिमा रहेको भन्द्र पंसांसा गरे ।

तुलसीपुर क्षेत्रको यस विद्यालयले खेलेको भूमिका  अग्रजहरुले देखाएको मार्ग अभिभावक, शुभचिन्तक तथा शिक्षा प्रेमीहरुले गरेको योगदान, शिक्षक र विद्यार्थीहरुले देखाएको तत्परता जस्ता कारणले गर्दा विद्यालयले राम्रो प्रगति गर्न सफल भएको उनको भनाई थियो ।

गुणात्मक र व्यवसायिक शिक्षा प्रदान गर्दै आएको  विद्यालयले  विद्यार्थीहरुको  अन्तरनिहित प्रतिभालाई प्रस्फुटन  गराई लगनशील अनुशाशीत  जिज्ञासुयोग्य र सक्षम नागरिक तयार गर्दै यस्लाई निरन्तरता दिनुपर्ने उनको भनाई थियो । त्यस्तै सम्पूर्ण शिक्षक, विद्यार्थी , स्थानीय, समाजसेवी, राजनीतिक नेतृत्व लगायतको अथक मिहिनेत, परिश्रम र  प्रयासको कारण दाङमा आफ्नो नाम अग्रपंतिमा राख्न सकेको बताए ।

हरेक क्षेत्र, वर्ग र लिङ्गका विद्यार्थीहरुलाई सहज र शुलभ शिक्षा प्रदान गर्ने उद्देश्यले अगाडी बढेको विद्यालयले यस क्षेत्र तथा राष्ट्रको शैक्षिक विकासमा महत्वपूर्ण योगदान  दिन सफल भएको उनले बताए ।

दिवसका अबशरमा आयोजीत कार्यक्रममा  बिद्यार्थीहरुले बिभिन्न प्रस्तुती पनि राखेका थिए ।  कार्यक्रममा बिशिष्ठ अतिथि दीपक धिताल, शिक्षक सुनिल शर्मा, सरिता बोहरा , सुनैना केसीलगायतले मन्तब्य ब्यक्त गरेका थिए ।