घोराही १७ पुस । नेकपा माओवादीको –विप्लव को आठौं जिल्ला सम्मेलन शनिबार देखि घोराहीमा सुरु भएको छ ।
सम्मेलन आज सम्म चल्ने छ । स्थायी कमिटी सदस्य हेमन्त प्रकाश वली (सुदर्शन)ले सम्मेलनको उद्घाटन गरेका हुन । दाङका
जिल्ला सेक्रेटरी बलबहादुर वली सितलको अध्यक्षता कार्यक्रम भएको हो ।
सम्मेलनको उद्घाटन गर्दै प्रमुख अतिथि वलीले नेपालका नेताहरु भारतीय सत्ताको इसारामा चलिरहेको आरोप लगाएका थिए । अवको क्रान्तिको बाटो एकीकृत जनक्रान्ति नै भएकोले राष्ट्र रक्षागर्ने अभिभारा माओवादीले मात्रै गर्ने दाबी गरेका थिए ।
कार्यक्रममा राप्ती व्युरो इञ्चार्ज मोहनलाल चन्द (आधार), अखिल नेपाल महिला संगठन क्रान्तिकारीकी केन्द्रिय उपाध्यक्ष सम्झना घर्ती, दलित मुक्ति मोर्चा केन्द्रिय उपाध्यक्ष सिता वि.क., साधारण साखा सेक्रेटरी तिलक पुन, सहिद परिवार तथा वेपत्ता परिवार दाङका अध्यक्ष रामबहादुर थापा लगायतले मनतब्य व्यक्त गरेका थिए ।
जिल्ला सदस्य विक्रमको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम सहजीकरण सविन पोख्रेलले गरेका हुन ।
