तुलसीपुर, १७ पुस । नेकपा एमाले पुरन्धारा वडा नंं २ को वडा भेला सम्पन्न भएको छ । शारदा शाहको अध्यक्षता तथा एमालेका जिल्ला सचिवालय सदस्य मनोहर बुढाथोकीको प्रमुख आतिथ्यतामा भएको भेलामा बोल्ने वक्ताहरुले पार्टीलाई सशक्त बनाएर लैजानुपर्ने बताएका थिए ।
कार्यक्रममा क्षेत्रीय अध्यक्ष प्रेमबहादुर खत्री, क्षेत्रीय सदस्यहरु टेकबहादुर वली, टंकराज विक, प्रजीत बुढा, नेकपा एमाले पुरन्धारा गाउँ पाटीका अध्यक्ष भुवनेश्वर पौडेल, पेशागतम महासंघका जिल्ला सदस्य जीतबहादुर खत्री, पुरन्धारा गाउँपाटीका कार्यालय सचिव टेकेन्द्रराज अधिकारी, गाउ पाटीका सदस्य ज्ञानप्रसाद आइतबारे लगायतकाले पार्टीको बारेमा आ–आफ्नो विचार राखेका थिए ।
भेलाले धनसिहं केसीको अध्यक्षतामा वडा कमिटी गठन गरेको छ । जसको उपाध्यक्षमा यदुनाथ भण्डारी, सचिव डम्बर श्रीष, सदस्यहरुमा तमबहादुर सोमै, टोपबहादुर रोका, हिमा घर्ती रहेका छन् ।
त्यस्तै भेलाले खिमा राणको अध्यक्षतामा अखिल नेपाल महिला संघको वडा कमिटी समेत गठन गरेको बताइएको छ । जसको उपाध्यक्षमा गौरीकला रोका, सचिव अम्बु पुन रहेका छन् । त्यस्तै पूर्णबहादुर राणाको अध्यक्षतमा युवा संघ कमिटी गठन गरिएको छ । जसमा गणेशबहादुर मल्लको अध्यक्षतामा १९ सदस्यीय पदमपुर टोल कमिटी समेत गठन गरिएको छ । टेकबहादुर सिजालीको अध्यक्षतमा पूर्व हापुरे ९ सदस्यीय टोल कमिटी गठन गरिएको छ ।
