विमल गौतम, तुलसीपुर १७ पुस । तुलसीपुर नगर जेसीजको वर्ष २०१७ को अध्यक्षमा तुलसीपुरका युवा ब्यवसायी बिमल पौडेल निर्विरोध चयन भएका छन् । शनिवार अध्यक्ष बनेका पौडेलको कार्यकाल एक वर्षको रहने छ ।
उनी २०१३ मा तुलसीपुर नगर जेसीजको सदस्य बनेका थिए । त्यसपछि पौडेल उपाध्यक्ष , कार्यकारी उपाध्यक्ष र कानुनी सल्लाहकार हुदै वर्ष अंग्रजी वर्ष २०१७ का लालि अध्यक्षमा चयन गरिएका हुन । जेसीजको कार्यकारी उपाध्यक्षमा दामोदर न्यौपाने र डम्वर डाँगी चयन भएका छन् ।
त्यस्तै उपाध्यक्षमा भुवन वली , विमल वली ,केशवराज केसी र मानबहादुर वस्नेत , महासचिवमा दिपेश भण्डारी ,सचिवमा लोकमान रिजाल र कोषाध्यक्षमा मोहन स्वर्णकार सर्वसहमति बाट चयन गरिएका हुन । नगर जेसिजको सदस्यता वृद्धि संयोजकमा कमल गौतम , मनोरञ्जनमा यमलाल पौडेल , कार्यालय ब्यवस्थापन तथा भवन निमार्णमा सन्तोष ढकाल , अनुसासन अनुगमनमा ऋषि भण्डारी, तालिम निर्देशकमा शरद देवकोटा र खेलकुद संयोजकमा शरद अधिकारी चयन भएका छन् ।
त्यसैगरी जनसम्पर्क अधिकारीमा नारायण भट्टराई ,एन जिओआईएनजिओमा सन्दिप भुषाल , स्वास्थ्यमा वुद्धी सापकोटा ,शाखा सम्पादकमा पदम पोख्रेल , शिक्षामा जीवन लामिछाने ,आईटिमा मनोज केसी र वर्ष २०१७ को कानुनी सल्लाहकारमा मेघराज घिमिरे चयन हुनु भएको निर्वाचन संयोजक एवं पुर्व अध्यक्ष झरेन्द्र खरेलले जानकारी दिए ।
यसैविच नवनिर्वाचित अध्यक्ष बिमल पौडेलले वर्ष २०१७ लाई आर्थिक संकलनको वर्ष बनाउने बताएका छन् । तुलसीपुरमा जेसीजको छुट्टै भवन निमार्णको थालनिगर्ने आफुले गर्ने अध्यक्ष पौडेलले बताएका छन् । चमेरे गुफाको पर्यटन प्रर्वद्धनका लागि त्यहाँसम्म पुग्ने सडक कालोपत्रे गर्न बिभिन्न निकायमा पहलगर्ने उदेश्य राख्ने बताए ।
तुलसीपुर नगर जेसीजका वर्ष २०१६ का अध्यक्ष सुर्य प्रसाद शर्माको अध्यक्षता , ब्यवसायी एव समाजसेवी उत्तम कुमार श्रेष्ठको प्रमुख आतित्थ्यतामा भएको पदहस्तान्तरण कार्यक्रम भएको हो । कार्यक्रमका बक्ताहरुले जेसीजका युवाहरुलाई समाज रुपमान्तरणमा लाग्न सुझाव दिएका छन् । जेसीजले युवाहरुलाई नेत्रृत्वगर्न सिकाउने भएकोले जेसिजको महत्व बढेको बताएका थिए ।
कार्यक्रममा तुलसीपुर नगरपालिकाका कार्यकारी अधिकृत टोपेन्द्रबहादुर केसी , तुलसीपुर नगर जेसीजका सल्लाहकार कुशल तर्ताल , संस्थापक अध्यक्ष दिपेन्द्र चापागाई , तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष बिमल रिजाल , राप्ती अंचल सार्वजनिक यातायात ब्यवसायी समितिका अध्यक्ष सुरेश हमाल , शिक्षाबिद डा.घनश्याम डाँगी, महिला रक्षक संजालका अध्यक्ष सुष्मा गिरी , राप्ती लाईफ केयर हस्पिटलका प्रवन्ध निर्देशक हरि रिजाल , प्राध्यापक बिरेन्द्र महरा , त्रिभुवन नगर जेसीजका कार्यबाहक अध्यक्ष मुकेश शर्मा , दाङ महिला जेसीजका अध्यक्ष सञ्जिता गौतम , लमही जेसीजका अध्यक्ष वसन्त भण्डारी , समाजसेवी केशव सापकोटा , रिपोटर्स क्लव दाङका अध्यक्ष शरद रेग्मी , तुलसीपुर नगर जेसीजका पुर्व अध्यक्षहरु झरेन्द्र खरेल , जिवराज शर्मा लगाएतकाले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
सो अवसरमा वर्ष २०१६ का अध्यक्ष सुर्य प्रसाद शर्माले वर्ष २०१६ का कार्यसमितिका सदस्यसहित अतिथिहरुलाई मायाको चिनो प्रदान गरेका थिए । त्यसैगरी जेसीजमा वर्ष २०१६ मा उत्कृष्ट कार्यगर्ने जेसीहरु जीवन लामिछाने ,भुवन वली र दिपेश भण्डारीलाई पुरस्कृत गरिएको थियो ।
त्यस्तै संस्थापक अध्यक्ष दिपेन्द्र चापागाई , पुर्व अध्यक्षहरु जीवराज शर्मा , झरेन्द्र खरेल , प्राध्यापक विरेन्द्र महरा , वहिरा संघकि निर्देशक प्रतिमा शर्मा , तुलसीपुर नगर पालिकाका कार्यकारी अधिकृत टोपेन्द्रबहादुर केसी , अक्षयकोष स्थापना गर्ने उत्तम कुमार श्रेष्ठ र पदम पोख्रेल र थाईल्याण्डमा गएर क्रिकेट खेल्ने योङ स्टार क्रिकेट क्लब तुलसीपुरका खेलाडिहरुलाई सम्मान गरिएको थियो ।
त्यसअवसरमा केशव सापकोटाले आफनी ममतामयि आमा चन्द्रकला सापकोटाको स्मृतिमा रु ५५ हजार ५ सय ५५ रुपैयाको अक्षयकोष स्थापना गर्ने घोषणा गरेका थिए । कार्यक्रम संयोजक नारायण भट्टराईको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रमको सहजीकरण महासचिव मेघराज घिमिरे र सचिव केशवराज केसीले गरेका थिए ।
