sabin-priyasan-charma

घोराही १७ पुस ।  नेकपा एमाले उपाध्यक्ष  एंव सासद  युवराज ज्ञवालीले संसोधन प्रस्तावले दाङ राजधानी वन्छ वा वन्दैन भन्ने विषयको टुङगो लगाउन नसक्ने  वताएका छन । ‘संबृद्ध दाङ, प्रादेशिक राजधानी बिषयक’  छलफल एवं सम्मान कार्यक्रममा उपाध्यक्ष  ज्ञवाली त्यस्तोे वताएका थिए ।

गणतन्त्र राष्ट्रिय दैनिक पत्रिकाको दशौं वार्षिक उत्सवका अवसरमा घोराहीमा शनिवार आयोजित कार्यक्रमलाई  सम्वोधन गर्दै उनले प्रदेशको राजधानी बनाउने वा नबनाउने बारे प्रदेश सभाको भुमिका हुने भएकाले त्यसका पटाडि नलाग्न आग्रह गरेका हुन ।

कार्यक्रमलाई संसोधन गर्दै  विधेयकले प्रदेश राजधानी टुङगो लगाउने नभई प्रदेश सभाले त्यसको समाधान गर्ने भएकोले हल्लाले  दाङमा राजधानी सुनिश्चितता गर्न नसक्ने बताए ।  दाङ राजधानी बन्ने आधारहरु प्रसस्तै रहेकोले त्यही संभावनाका आधारमामा दाङ नै राजधानी बन्ने निश्चित हुने उनलेका दाबी थियो ।

संसोधन विधेयकले मुलुक विखण्डन हुने तथा तराई र पहाडी विच विभेद निम्त्याउने उनको तर्क थियो । उनले सरकारका सामु विधेक फिर्ता  लिनुको विकल्प नरहेको बताए । फरक प्रशंगमा उनले बिभिन्न क्षेत्रको सञ्चारको खबरदारी बढेपछि सकारात्मक परिनामहरु ल्याउन थालेको भन्दै खुसी व्यक्त गरेका थिए ।

 बिकासमा सञ्चारको भूमिका महत्वपूर्ण रहेकोले जवसम्म सञ्चार गाँउ गाँउमा पुग्दैन तब सम्म सामाजिक न्याय स्थापित हुन नसक्ने बताएका छन् ।

जिल्लाका सञ्चार माध्यमको एकीकृत आवाज र खबरदारीले संबृद्ध दाङ र प्रादेशिक राजधानीमा बल पुग्ने उनको तर्क थियो ।  कार्यक्रमलाई सम्वोधन गर्दै नेपाली काँग्रसका नेता एवं पूर्व सुचना तथा सञ्चार मन्त्री डा. मीनेन्द्र रिजालले दाङलाई प्रदेशको राजधानी बनाउने वा नबनाउने बारे प्रदेश सभाको भुमिका हुने बताएका थिए  ।

राजधानी बनाउनका लागि पहल गर्नका लागि सबै एक जुट हुन आवश्यक रहेको उनको धारणा थियो ।  बार्षिक उत्सवका अबसरमा बिभिन्न व्यक्तिहरुलाई सम्मान एवं पुरस्कृत गरिएको थियो । कार्यक्रममा पत्रिका बितरक दिक्षा ढकाल, कर्मचारी हितकोषका सुशीला केसी, पूर्ब कर्मचारी प्रेमबहादुर राम्जा, फोटो पत्रकार अभिलाषराज भण्डारी, सह–सम्पादक नबीन अभिलाषीलाई पुरस्कृत गरिएको थियो ।

यस्तै पत्रिकाले व्यवसायी खड्गबहादुर बुढाथोकी, राधा पौडेल, गेहेन्द्र बस्नेत, यादब सैघाली, महेन्द्र बुढाथोकी, राज राना, पारस बस्नेत लगाएतकालाई पनि सम्मान गरिएको  थियो ।

त्यसैगरी खेलाडिहरु बिरुभाई बज्राचार्य, पारश बिक्रम शाह र रामबहादुर घर्तीलाई सम्मान गरिएको थियो ।  पत्रिकाले नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सुदिप गौतमलाई अभिनन्दन गरेको छ । त्यसैगरी पत्रिका र युएनबिसीले घोराहीमा रहेको आधारभुत विद्यालय बाल मन्दिरका १६ जना फरक क्षमता भएका बिद्यार्थीहरुलाई न्यानो कपडा सहित शैक्षिक सामाग्रि समेत सहयोग गरेको छ ।

गणतन्त्र दैनिकका सस्थापक सल्लाहकार देबी पाखरेलको अध्यक्षता कार्यक्रम भएको उक्त कार्यक्रम प्रकाशक÷सम्पादक सविन प्रियासनको स्वागत मन्तब्यबाट सुरु भएको थियो भने त्यसको सहजीकरण पत्रिकाका सह—सम्पादक नबीन अभिलाषीले गरेका थिए ।