जंग रेउले
घोराही, १७ पुस । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीको आठौंं जिल्ला सम्मेलन शनिवारदेखि घोराहीमा शुरु भएको छ ।
सम्मेलनमा दाङ जिल्ला सेक्रेटरी बल बहादुर वली सितलको अध्यक्षता एवं स्थायी कमिटीका सदस्य हेमन्तप्रकाश वली सुदर्शनको प्रमुख अतिथि तथा केन्द्रिय सदस्य तथा राप्ती व्युरो इञ्चार्ज मोहनलाल चन्द आधारको विशिष्ट आतिथ्यतामा प्रमुख अतिथिले जिल्लाको सम्मेलनमा दिप प्रज्ज्वलन गरी उद्घाटन गरेका थिए ।
सम्मेलनमा प्रमुख अतिथिले“ नेपालका नेताहरु भारतीय सत्ताको इसारामा चलिरहेको र नेपाललाई पनि भारतीय कब्जामा राख्न खोजेको बताए । अवको क्रान्तिको बाटो एकिकृत जनक्रान्ति नै भएको प्रष्ट पारेका हुन ।
नेपालको रक्षा गर्ने एक मात्र पार्टी विप्लव माओवादी रहेको सबै क्षेत्र बाट सल्लाह, सुझाब आएको उल्लेख गरे । पार्टीको कार्य तथा निति अनुरुप भष्टाचार विरुद्ध कारवाही देखी लिएर कालोमाटोसम्म लगाउनपछि नपर्ने नेताहरुलाई निर्देशन दिएका हुन ।
कार्यक्रममा केन्द्रिय सदस्य विप्लव, अखिल नेपाल महिला संगठन क्रान्तिकारीकी केन्द्रिय उपाध्यक्ष सम्झना घर्ती, दलित मुक्ति मोर्चा केन्द्रिय उपाध्यक्ष सिता वि.क., साधारण साखा सेक्रेटरी तिलक पुन, सहित परिवार तथा वेपत्ता परिवार दाङका अध्यक्ष राम बहादुर थापा, साधारण साखा सदस्य क. अजय को उपस्थिति रहेको थियो ।