rekha-thapaघोराही १७ पुस । नेपाली चलचित्र क्षेत्रकी नायीका रेखा थापाले महिला अधिकार सुनिश्चित गराउन राप्रपामा प्रबेश गरेको बताएकी छिन् । चलचित्र पत्रकार संघ दाङले शनिबार घोराहीमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले यस्तो बताएकी हुन् ।

‘ नारीहरु आफ्नो अधिकार पाउनबाट बञ्चित गराईएका छन’्, उनले भनिन‘ यसबाट लड्न म सक्रिय राजनीतिमा आएकी छु ।’ भखरै माओवादी केन्द्रबाट राप्रपामा प्रबेश गरीकी थापाले चलचित्र क्षेत्रबाट महिलाहरुलाई अधिकार दिलाउन जोडदार आवज उठाएको र अब राजनीतिबाट पनि जोडदार आवाज उठाउने बताईन् ।

संघका अध्यक्ष धुब्रराज न्यौपाने ( डिआरएन) को अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि समेत रहेकी थापाले देशको हितका लागि राप्रपाले उठाएका एजेन्डा महत्वपुर्ण भएकाले आफु माओवादी केन्द्र छोडेर राप्रपामा प्रबेश गरेको बताईन् । उनले भनिन्‘ मलाई माओवादी भन्दा राप्रपा राष्ट्रबादी लाग्यो, त्यसैले राप्रपामा प्रबेश गरे ।’

आफुले सामाजिक क्षेत्रमा चलचित्रबाट आवाज उठाउदै आएको भन्दै अव राजनीतिबाट पनि सामाजिक क्षेत्रैमै लाग्ने उनको तर्क थियो । उनले भनिन्‘ म नामको लागि राजनीतिमा आएकी हैन, म सामाजिक क्षेत्रमा काम गर्न राजनीतिमा आएकी हुँ, नाम त मैले चलचित्र पेशाबाट पनि कमाईरहेकी छु ।

१५ बर्ष देखी निरन्तर चलचित्र क्षेत्रमा क्रियाशिल रहेकी थापाले पछिल्लो समय चलचित्रमा बिकृति बढ्दै गईरहेको स्वीकारिन् । पछिल्लो समय दर्शकहरुको आर्कषण घट्दै गईरहेकाले चलचित्र क्षेत्रमा बिकृति बढेको उनको भनाई थियो । ‘ दर्शकहरुले नेपाली चलचित्र भन्दा बिदेशी मुलुकले निर्माण गरेका चलचित्र रुचाउन थाले’ उनले भनिन‘ त्यसैले पनि चलचित्र बिकाउने अस्वस्थ बिकृति भित्रिएको हो ।’

दर्षकहरुले पनि नेपाली चलचित्रलाई माया गर्ने हो भने सामाजिक मुद्धाहरु पनि उठाउन चलचित्रकर्मीहरुलाइ थप मद्धत पुग्ने उनको भनाई थियो । दर्षकहरुले सामाजिक मुद्धालाई उठान गरेका चलचित्र भन्दा भड्किला चलचित्र बढि मनपराउने भएकाले सामाजिक मुद्धा ओझेल पर्दै गईरहेको उनले बताईन् ।

चलचित्र पत्रकार संघ दाङका सदस्य दिपक कुमालले स्वागत गरेको कार्यक्रमको सहजीकरण कोषाध्यक्ष शिब पुनले गरेका थिए ।

‘अबसर पाएर राप्रपामा प्रबेश’
नायिका रेखा थापाले राप्रपामा राम्रो अबशर पाएर पार्टी प्रबेश गरेको बताईन् । जागरण अनलाईन र पहिलो पेज डट कमले शनिबार घोराहिमा गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले यस्तो बताएकी हुन् । उनले भनिन्‘पहिले माओवादीले अबशर प्रदान गरेकाले माओवादीमा प्रबेश गरेकी हुँ, अहिले राप्रपाले अबशर दियो राप्रपामा प्रबेश गरे । ’

जुन कुनै ब्यक्ति पनि अबशरको खोजी गर्दै हिड्ने भन्दै अन्य राम्रा अबशर आएपनि त्यसको फाईदा नचुकाउने उनको तर्क थियो । साथै नायीका थापाले माओवादी केन्द्र बिदेशीको ईशारामा चलेको आरोप लगाईन् ।

माओवादी केन्द्र बिदेशीको ईशारामा चलेकाले आफु राप्रपामा प्रबेश गरेको उनको भनाई थियो । उनले राप्रपा संग धर्म र भाबना मिल्ने भएकाले प्रबेश गरेको पनि बताएकी थिईन् ।साथै उनले अन्याय र अत्याचार बिरुद्ध जोडदार आवाज उठाउने बताएकी छन् । अन्याय र अत्याचार बिरुद्ध धेरै ऐन कानुनहरु निर्माण भएपनि त्यसको कार्यान्वयन हुन नसकेको भन्दै ती कानुन कार्यान्वयन गराउन आफ्नो महत्वपुर्ण भुमिका रहने उनको भनाई थियो ।

पहिलो पेज अनलाईनका सञ्चालक उदय जिएमको अध्यक्षतामा भएको कार्यक्रममा जागरण अनलाईनका प्रवन्धक देव यादवले स्वागत मन्तब्य ब्यक्त गरेका थिए । जागरण अनलाईनका प्रमुख समाचारदाता जीत सागर जीएमले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सहजीकरण पत्रकार निसानदाजु भटराईले गरेका थिए ।