nfk|fs uflj;sf e"sDkkLl8tsf c:yfoL 6x/fnfk|fs uflj;sf e"sDkkLl8tsf nflu u'K;Lkfvfdf lgdf{0f ul/Psf c:yfoL 6x/f . e"sDkn] hf]lvddf k/]kl5 nfk|fs uflj;sf] a:tLnfO{ ;/sf/L lg0f{o;Fu} ;f]xL uflj;sf] u'K;Lkfvfdf ;fl/Psf] lyof] . oxfF Pgcf/Pgn] b'O{ jif{leqdf %&* 3/ lgdf{0f ug{] ;Demf}tfdf cfOtaf/ x:tfIf/ ePsf] 5 . tl:a/ M eLid/fh cf]emf÷/f;;

गोरखा, १७ पुस । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले भूकम्प प्रभावित गोरखाको लाप्राकस्थित गुप्सीपाखामा नमुना बस्ती बनाउन निजी आवास निर्माणलगायत संरचनाका लागि धमाधम घडेरी खार्ने काम अघि बढाएको छ ।

nfk|fs uflj;sf e"sDkkLl8tsf c:yfoL 6x/fnfk|fs uflj;sf e"sDkkLl8tsf nflu u'K;Lkfvfdf lgdf{0f ul/Psf c:yfoL 6x/f . e"sDkn] hf]lvddf k/]kl5 nfk|fs uflj;sf] a:tLnfO{ ;/sf/L lg0f{o;Fu} ;f]xL uflj;sf] u'K;Lkfvfdf ;fl/Psf] lyof] . oxfF Pgcf/Pgn] b'O{ jif{leqdf %&* 3/ lgdf{0f ug{] ;Demf}tfdf cfOtaf/ x:tfIf/ ePsf] 5 . tl:a/ M eLid/fh cf]emf÷/f;;
भूकम्पप्रभावित लाप्राकीलाई सरकारले गुप्सीपाखामा घर बनाउने प्रयोजनका लागि घडेरी उपलब्ध गराएपछि एनआरएनएले अहिले घडेरी खार्ने काम गरिरहेको छ । ६१७ टहरा हटाएर गुप्सीमा घडेरी बनाइएको हो । गुप्सीमा बस्दै आएका लाप्राकी कोही पुरानै गाउँ तथा कोही रिञ्जीलुङतर्फ सरेका छन् ।

लाप्राक पुनःनिर्माणको कामलाई गति दिन एनआरएनएका अध्यक्ष शेष घले नेतृत्वको टोली गत पुस ११ गतेदेखि शुक्रबारसम्म लाप्राकस्थित गुप्सीपाखामा बसेका थिए ।

पुनःनिर्माणका लागि आवश्यक स्वयम्सेवक बस्ने आवास गृह, खानेपानीलगायत पूर्वाधार खडा गर्नका लागि पूर्व तयारी गर्न भन्दै घले गुप्सीमा बसेको थियो ।

एनआरएनएले पनि आउँदो एक वर्षभित्रमा निजी घर, विद्यालयलगायत सार्वजनिक भवनको निर्माण गर्ने गरी कामलाई तीव्र रुपमा अघि बढाएको हो । गुप्सीपाखामै इँट्टा बनाउने मेसिन पुर्‍याएर निजी आवास निर्माणलाई तीव्र रुपमा अघि बढाउने एनआरएनएको तयारी छ ।

लाप्राकको सिङ्गो बस्ती एनआरएनएले पुनःनिर्माण गर्ने जिम्मा लिएपछि लाप्राकीले सरकारले दिने भनेको अनुदान रकम लिन पाएनन् । रासस