दाङ, १७ पुस । अग्रेजी वर्षको सन् २०१६ समाप्त भएर आजदेखि नयाँ वर्ष सन् २०१७ शुरु भएको छ । नयाँ वर्षको अवसरमा नेपाल लगायत विभिन्न देशमा नयाँ वर्ष मनाइदैछ ।
एक अर्कामा शुभकामना आदानप्रदान गरेर नयाँ वर्ष मनाइदैछ भने विशेष गरी अमेरिका, युरोपेली मुलुकसहित, एशियाली राष्ट्रमा आपसी भेटघाट गरी उत्सवका रुपमा नयाँ वर्ष मनाइन्छ ।
यी मुलुकहरुमा गए राति नै सन् २०१६ लाई विदाइ गर्दै नयाँ वर्षलाई स्वागत गरिएको छ । रातको १२ बजेदेखि शुरु भएको नयाँ वर्ष २०१७ लाई हर्षउल्लासका साथ मनाइदैन ।
