जनक नेपाली
दाङ । लमही ८ अर्नवाका माघे सार्कीको घर जलेर खरानी मात्र बाकी थियो । घर भित्र जलेका कपडा लत्ता, थाल,कचौरासंगै खरानी बनेका चामल र मकै छरपष्ट देखिन्थे ।नष्ठ घरका चारै कुनामा अक्षता टीकाले पुजा समेत गरिएको छ । गत मंसिर २३ गते राती अपरिचित समुहले घर आगजनी गरी जलेको घरमा नियमित पुजापाठ हुदै आएको छ ।

dalitako-ghjarma-aago-lagaiyo

घर भित्र धन छ भनेर सुनेर उक्त घर आगजनी भएको माघेकी श्रीमती डिल्लीदेवी सार्कीले वताउँनुभयो । राति घरमा बुहारी,बुढो र म सुतेका थियौ एक्कासी घरमा आगो लागेछ गाउँले आएर निकाले पछि मात्र थाहा पायौ भन्नुभयो । दुई बर्ष पहिले लमहीमा भएको दुघटनामा परी दायाँ खुट्ठा काटेर फालेकी डिल्लीदेवी हिडडुल गर्न नसक्ने अबस्थामा रहेका बृद्ध दम्पतिलाई घर भित्र थुनेर आगजनी गरेको पीडितको भनाई छ ।

घर देखि करिव १५० मिटर पूर्व तर्फ बगै सोताको डिलमा झण्डै ४/ ५ मिटर गहिरो खाल्डोमा गाग्री निकालेको छाप प्रष्ट देखिने वताउँदै त्यहा तामाका लोटा , त्रिशुल,नरिवल,रातो पहेलो धजा, पाला लगायतका सामग्री समेत पुजाआजाका लागि राखिएको थियो डिल्लीले भन्नुभयो ।

4बगै सोता देखि घर सम्म अविर टिका धर्का समेत लगाईएको वताउदै मंसिर २२ गते घरको पूर्वी खाल्डोबाट धन निकाकालेको जस्तो देखिन्छ २३ गते घरमा आगजनी भयो कस्ले घरमा आगो लगायो भन्नेबारेमा आफुहरु बेखवर बनेको डिल्लीले बताउनुभयो । त्यसमा झनै घरको उत्तर तर्फको कुनामा हेर्दे जा पख त लाई के के गर्छाे भनेर लेखिएको छ त्रासमा बाचिरहेका छौ भन्नुभयो । गत साउनको १५ , १६ र १७ गते पनि घरमा आगजनी भएको उहाको भनाई छ ।

मंसिर २५ गते देखि निरन्तर जलेको घरमा पुजा भैरहेको छ कस्ले कतिवेला देखि पुजागर्छ थाहा छैन भन्नुभयो । हाम्रो घरमा पनि धन छ भन्ने सुनेर आगो लगाई दिएका हुन पीडित डिल्लीले भन्नुभयो । घरको बैठक कोठा उत्तरको छेउमा खनेर पुजापाठ गर्ने थान समेत बनाएका छन् त्यसैले घरमा जान पनि डर छ भन्नुभयो । डरले घरमा जादैनौ घरमा आगो लागेदेखि कतिवेला को आएर पुजा पाठ गर्छन थाहै हुदैन । आगोले नष्ठ भएको कोठामा भने शिव लिङ्गको प्रतिस्थापन समेत गरिएको छ ।

img_1473आगलागीबाट एल.ई डी टिभी, ग्यास,दराज,बाकस, सुरकेस, एक सय थान भाडा, १५ क्वीन्टल मकै, तीन तोला सुन र नगद दुई लाख गरि करिव ५० लाखको क्षति पुगेको पीडित डिल्लीले वताउनुभयो । अहिले शरिरमा एक सरो कपडा नभएको वताउनुभयो । घरमा खाने अन्न नहुदा स्थानिय गाउलेहरुले दिएका छन् भन्नुभयो । घरमा आगो लगाउने मान्छे समेत अहिले सम्म पत्ता लागेको छैन । घरमा आगो लाग्दा स्थानिय श्याम परियाको घरमा बस्दै आएका छौ भन्नुभयो ।

एक्कासी छिमेकी सर्मिला चौधरी घरमा आगो लाग्यो आगो लाग्यो भन्दै चिच्याउदै आउनुभयो उठेर हेर्दा माघे दाईको घरमा आगोको मुस्लो उडेको थियो —गाउका सबै जना चिच्याउदै रुदै बुढा बुढीलाई खोज्दै थियौ स्थानिय सरस्वती रावलले भन्नुभयो । घरमा आगो वलिरहेको थियो हामी सबै जना बाहिर बस्यौ छिमेकी सर्मिला थापाले माघे र उनको श्रीमती डिल्लीदेवी लाई निकालेर ल्याउदा बुढा बुढीको धन्न ज्यान भने जोगियो भन्नुभयो ।

img_1568
घरमा आगो लाग्दा भएका सामान निकाल्न अनेकै प्रयास गर्दा पनि निकाल्न सकिएन उहाँले भन्नुभयो ।माघेको घरमा धन गाडिएको भन्दै घरमा आगो लगाउँने प्रयास हुदै आएको तीन पटक भयो प्रत्यक्षदर्शी सरस्वतीले वताउनुभयो । यो घटना बाहिर सार्वजनिक नभएको वताउँदै गाउमै गुपचुमा राखेको उहाले वताउनुभयो । बरु धन खनेका मान्छेले सहयोग स्वरुप १लाख ७० हजार दिन्छौ भन्ने सुनेको छु के हो मलाई थाहा छैन भन्नुभयो ।

धन खन्न भन्दै चन्द्रौटा, नेपालगञ्ज,बुटवलबाट अपरिचत मान्छेहरु आएको डिल्लीकी छोरी राधिका नेपालीले वताउनुभयो । खाल्डो खन्नका लागि प्रयोग गरिएका फरुवा,गैती बेल्चा,र भोक दिनका लागि तयारी अबस्थामा ल्याईएको बोका समेत स्थानिय दामोदर घिमिरेको घरबाट प्रहरीले फेला परेको राधिकाले वताउनुभयो ।

प्रहरीले घिमिरेलाई अनुसन्धानका लागि नियन्त्रणमा समेत लिएको थियो । घटनामा आफु संलग्न नभएको वताएपछि दामोदरलाई प्रहरीले छाडिदिएको थियो । घटनामा संलग्न नेपालगञ्ज घर वताउँने श्रीजना घिमिरेले आफुले धन खनेको तर घरमा आगो आगजनी भएको बारेमा आफुलाई कुनै थाहा नभएको घिमिरे बताउनुभयो । धन खने पनि फेलाभने नपरेको भनाई छ — घरमा आगो अन्य कुनै मान्छे लगाएपनि बुढा बुढीको दुःखकष्ट देखेर एक लाख ७० हजार रुपैयाँ सहयोग गर्ने श्रृजनाले राधिका सग फोनमा भनेको वताउनुभयो । त्यसका लागि पुष २१÷२२ मा दाङ आउने श्रृजनाले वताईन ।

प्रहरीकै सामु दुई जना महिला र पाँच जना परुषले धन खनेका हौ भन्दा नि प्रहरीले केही नगरेको राधिकाको भनाई छ । आफ्नो घटना बाहिर कसैले नल्याएको वताउँदै पत्रकारलाई समाचार लेखेर दिदा समेत घटना बाहिर नआएको वताउनुभयो । आफुहरु निकै त्रासमा बाचि रहेको वताउदै ज्यान जोगाउन समेत धौ धौ भएको उहाँको भनाई छ । घरमा आगजनी गर्ने मान्छेको खोज अनुसन्धान गर्न समेत माग गरेका छन् त्यस्तै पीडकलाई कानुन वमोजिम कारबाही गर्नका लागि सहयोग गर्न सबै संग अपील गरेका छन् ।