मलेसिया, १६ पुस । मलेसियामा श्रमिकले लेबी तिर्नुपर्ने व्यवस्था भोलिबाट अन्त्य हुने भएको छ । जनवरी १ बाट त्यहाँको रोजगारदाता कम्पनीले नै सरकारलाई लेबी तिर्नुपर्ने नयाँ व्यवस्था लागू गरिने भएको छ ।
मलेसिया सरकारले पाँच वर्षदेखि श्रमिकबाट असुल्दै आएको लेबी पुनः रोजगारदाताले नै व्योहोर्नु पर्ने नियम जनवरी १ बाट लागू गर्न लागेको हो ।
मलेसियाका गृहमन्त्री दातुक श्री अहमद जायिद हमिदिले शनिबार लेवी रोजगारदाताले नै तिर्नुपर्ने नियम ल्याएको घोषणा गरेका छन् ।
गृहमन्त्रीको यो घोषणापछि यहाँका आप्रवासी श्रमिक खुसी भएका छन् । गृहमन्त्रीका अनुसार श्रमिकबाट लिइने सबै किसिमका जनवरी १ बाट रोजगारदाताले बुझाउनुपर्नेछ ।
यहाँ कार्यरत नेपालीसहितका आप्रवासी श्रमिकहरुले रोजगारी गरे वापत प्रतिवर्ष एक हजार आठदेखि दुई हजार पाँच सय भन्दा धेरै रकम लेबीस्वरुप मलेसियन सरकारलाई तिर्दै आएका छन् । यो नियमपछि मलेसियामा रहेका ५ लाख भन्दा धेरै नेपाली श्रमिकहरु लाभाविन्त हुने भएका छन् ।