बर्दिया १६ पुस ।  बर्दियामा मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । बर्दियाको सोरहवा गाविस वडा ३ खैरेनी स्थित भित्री सडक खण्डमा बडैयाताल बाट खैरेनि बजार तर्फ आउदै गरेको भे ६ प ५७८ नम्बर को मोटरसाइकल आफै अनियन्त्रित भइ दुर्घटना भएको हो ।

15841282_1278981245513154_304640546_nसो दुर्घटनामा मोटरसाइकल चालक सोही ठाउका बर्ष २० का बि.क,पछाडि बसेका सोरहवा ३ खैरेनीका बर्ष २० का भुपेन्द्र थारु र त्यहि ठाउका २० बर्षका बिरु थारु गम्भिर घाइते भएको बताइएको छ ।

उनीहरुलाइ उपचारको लागि बाकेको नेपालगंज उपचारको लागि लिदै गर्दा बिरु थारुको बाटोमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

अन्य दुइ जनाको अबस्था पनि गम्भिर रहेको टाउको चोट लागेको र नेपालगंजको नर्सिङ्गहोममा उपचार भइरहेको र घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक नेत्रमणि गिरीले बताउनु भएको छ ।