गोरखा, १६ पुस । उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले सरकारले जुनसुकै बेला स्थानीय निर्वाचनको मिति घोषणा गर्ने सङ्केत गर्दै निर्वाचनका लागि तयारी अवस्थामा रहन गोरखाका कार्यालय प्रमुखलाई निर्देशन दिएका छन् ।
“स्थानीय तह वा निकाय जेमा राजनीतिक दलहरुबीच सहमति हुन्छ त्यसैको निर्वाचन गर्नेगरी सरकारले मिति घोषणा गर्छुु, आज यहाँ कार्यालय प्रमुखसँग गरिएको अन्तक्र्रियामा गृहमन्त्री निधिले भने, आउँदो चैत मसान्तदेखि वैशाख दोस्रो साताभित्रमा स्थानीय तह वा निकायको निर्वाचन गरिसक्छौँ ।”
संविधानको स्वीकार्यतालाई अझै फराकिलो बनाउन सरकारले संसद्मा संविधान संशोधन प्रस्ताव दर्ता गराएको र संसद्बाटै पारित गर्ने उनले बताए ।
“संसद्बाट संविधान संशोधन पारित गरेपछि निर्वाचनको मिति घोषणा हुन्छुुु, उनले भने, ुुनिर्वाचन कार्यालयहरुले मतदाता नामावली अद्यावधिक गर्नुहोला ।”
