एजेन्सी, १६ पुुस । इराकको राजधानी बग्दादमा भएको दुईवटा बम विस्फोटमा परेर २८ जनाको ज्यान गएको छ भने ५० भन्दा वढी मानिस घाइते भएका छन् ।
व्यस्त बजारमा लगातार भएको विस्फोटको अहिलेसम्म विस्फोटको जिम्मेवारी कसैले लिएका छैनन् । एउटा बम कार स्पेयर पार्टसको पसल नजिकै भएको र केही बेरमा मानिसहरु जम्मा भएपछि आत्मघाती बम विस्फोट भएको बिबिसीले जनाएको छ
