इन्द्रेणी संवाददाता
घोराही, १६ पुस । दाङको घोराहीबाट प्रकाशन हुँदै आएको गणतन्त्र राष्ट्रिय दैनिक आजदेखि दश वर्षमा प्रवेश गरेको छ । पत्रिकाले दशौं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा आज घोराहीमा कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव मनाएको छ ।
पत्रिकाका अध्यक्ष देवी पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले समाजलाई सुशुचित गराउन पत्रकार र सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका हुने बताए । उनले आफ्नो पेशागत मर्यादामा रहेर कलम चलाउन सञ्चारकर्मीहरुलाई समेत आग्रह गरे । ‘संमृद्धि दाङ, दाङ राजधानी’ विषयक अन्तत्र्रिmयामा बोल्दै दाङ सबै हिसावले प्रादेशिक राजधानी बन्न उपयुक्त जिल्ला भएको उपाध्यक्ष ज्ञवालीको भनाइ छ ।
कार्यक्रममा विशिष्ठ अतिथि पूर्व सूचना तथा सञ्चार मन्त्री डा. मिनेन्द्र रिजालले पत्रकारितालाई सधै मर्यादित राख्न पत्रकारहरु जिम्मेवार भएर काम गर्नुपर्ने विचार राखे । नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सुदीप गौतमले पनि पत्रकारहरुलाई आफ्नो पेशागत मर्यादामा रहेर कमल चलाउन अपिल गरे ।
कार्यक्रममा पत्रिकारका विभिन्न सुवेच्छुक तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले शुभकामना दिएका थिए । सो अवसरमा पत्रिकालाई यहाँसम्म ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने पत्रकार, प्रेस प्रतिनिधि र विभिन्न संघसंस्था र व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा पत्रिकाका संम्पादक सविन प्रियासनले सबैको सहयोग र शुवेच्छाले पत्रिका यहाँसम्म आएको भन्दै सबैलाई धन्यवाद दिएका थिए । विषय प्रवेश पत्रिकाका कार्यकारी सम्वादक टीका वस्नेतले गराएका थिए । कार्यक्रममा विएनविसी कलवको र पत्रिकाको सयुक्त रुपमा असाय बालबालिकालाई विभिन्न समाग्रीहरु पनि वितरण गरिएको थियो ।
