तेह्रथुम, १५ पुस । तीन दिनदेखि वेपत्ता भएका तेह्रथुमका युवराज थापा झुण्डिएको अवस्थामा भेटिएका छन् । तेह्रथुमको लालीगुराँस नगरपालिका–७ दाँगपाका ३३ वर्षे थापा पुस ११ गतेदेखि वेपत्ता थिए ।
पुस १३ गते स्थानीयबासिन्दा केवलराम थापाको खाली गोठमा भुण्डिएको अवस्थामा उनी भेटिएको इलाका प्रहरी कार्यालय बसन्तपुरले जनाएको छ । थापा गोठभित्र चोयाको पासो लगाइ झुण्डिएका अवस्थामा भेटिएका हुन् ।
