बाँके, १५ पुस । नेकपा एमाले निकट युवा संघका केन्द्रीय सदस्य सन्तोष बुढाथोकीमाथि खुकुरी प्रहार भएको छ । खुकरी प्रहारबाट उनी घाइते भएका छन् ।
बुढाथोकीमाथि बाँकेको कोहलपुरमा खुकुरी प्रहार भएको हो । खुकुरी प्रहारबाट उनको गर्दनमा गहिरो चोट लागेका छ ।
उनको उपचारका लागि भारतको लखनउ लगिएको नेकपा एमाले बाँकेका सचिब रत्न खत्रीले जानकारी दिए । घटनामा संलग्न रहेको आशंकामा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । बुढाथोकी युवासंघ बाँकेको इञ्चार्ज समेत हुन् ।











