सुवास डिसी / तुलसीपुर १५ पुस । नेपाल विद्यार्थी संघ राप्ती ववई क्याम्पस ईकाइ समितिले विहिवार एक कार्यक्रम गरि क्याम्पसका नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गरेको छ । नेविसंघ ईकाइ अध्यक्ष जितेन्द्र प्रकाश वलीको अध्यक्षतामा आयोजित कार्यक्रममा कक्षा ११ र स्नातक प्रथम वर्षमा अध्यनरत नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेस दाङका सभापति कृतिवहादुर खड्काले नेविसंघ विद्यार्थीको आश्थाको धरोहर रहेको वताउदै अनुशाषन र एकतामा रहेर विद्यार्थीहरुको हकहितका लागी लाग्न निर्देशन दिनुभयो । यो नै नेविसंघको सवै भन्दा महत्वपुर्ण आधार हुने उहांको दावी छ ।
खड्काले क्याम्पसमा देखिएको असहज वातावरणलाई सहजता तर्फ लाजान सरोकारवालाहरुलाई सुझाव दिदै आवश्यक पहल गर्ने उल्लेख गर्नुभयो । विशिष्ट अतिथि पुर्व शांषद् गेहेन्द्र गिरीले नेविसंघका आधार ईलाका जस्तै रहेको यस क्याम्पसमा विद्यार्थीहरुको मनोभावना वुझी आवश्यक सहकार्य तथा सहयोग गर्न सुझाव दिनुभयो ।
नेविसंघलाई अझै वलियो वनाउनका लागी विभिन्न रचनात्मक गतिविधिका साथ विद्यार्थीको पक्षमा काम गर्न आग्रह गर्नुभयो । अर्का विशिष्ट अतिथि नेविसंघका निवर्तमान केन्द्रीय सदस्य युवराज खड्काले नेविसंघको ईतिहासलाई कायम राखि एकताका साथ अघि वढ्न आग्रह गर्नुभयो । विद्यार्थीहरुलाई पर्ने हरेक सुख दुखमा नेविसंघ साथमा रहेको उल्लेख गर्दै आवश्यक सहयोग र सहकार्यका लागी सदा तत्पर रहने प्रतिवद्धता जनाउनु भयो ।
अर्का विशिष्ट अतिथि नेविसंघ केन्द्रीय सदस्य अर्चना रेग्मीले नेविसंघको विधि विधानमा रहेर संगठनलाई चुस्त दुस्त राख्दै विद्यार्थी अधिकारका लागी होमिन नेविसंघका नेता कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । यस्तै नेविसंघका जिल्ला अध्यक्ष राज कुमार डांगीले विद्यार्थीलाई कुनै पनि समस्या भए तत्काल समाधानका लागी कदम चाल्न निर्देशन दिदै जिल्ला कार्यसमितिको आवश्यक साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष गोपिनाथ योगीले क्याम्पसमा देखिएको समस्याप्रति आफु निकै चिन्तीत रहेको वताउदै सवै मिलेर क्याम्पस र विद्यार्थीहरुको हितमा लाग्नुपर्ने वेला आएको वताउनु भयो ।
कार्यक्रममा क्याम्पस सञ्चालक समितिका सदस्य नारायण शर्मा, क्याम्पसका निमित्त प्रमुख गणेश पार्दे, प्रजातन्त्रवादी प्राध्यापक संघका ईकाइ सभापति प्रकाश रावत, प्राध्यापक संघका सभापति महेश आचार्य, नेविसंघका नेता सरोज शाह, तरुण दल क्षेत्र नम्वर ४ का अध्यक्ष रमेश मल्ल, नेविसंघ क्षेत्र नम्वर ४ का अध्यक्ष एकराज खड्का, ५ का अध्यक्ष नविन योगी, ३ का अध्यक्ष तिलक रावत, नेविसंघ जिल्ला सदस्यहरु घनश्याम भण्डारी, किरण केसी, निरज गिरी, अरुण लहरे, वलदेव मल्ल, महेन्द्र वहुमुखि क्याम्पसका ईकाइ सचिव कुलराज पोख्रेल, राप्ती ववई क्याम्पसका ईकाइ उपाध्यक्ष पवित्रा खनाल, कोषाध्यक्ष विजय डांगी, प्रशाषनिक संयोजक कमल खत्री, आर्थिक संयोजक वसन्त वस्नेत, विविएस संयोजक हिरा डांगी लगायतले नेविसंघमा कृयाशिल सम्पुर्ण विद्यार्थीहरु एकजुट भई अघि वढ्नुपर्ने वताउनु भएको थियो ।
ईकाइ उपाध्यक्ष हरि विकको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजिकरण ईकाइ सचिव रवि वुढाथोकीले गर्नुभएको थियो । त्यस अवसरमा विद्यार्थीहरुले नृत्य, गजल, गित तथा विभिन्न प्रतिभा प्रस्तुत गरेका थिए । विद्याथीृहरु मनिषा रोका, सम्झना चन्द, सुजाता चन्द, चन्द्र वली, टिका वली, सन्ध्या घर्ति, कल्पना शर्मा, महादेव खड्का लगायतले प्रतिभा प्रस्तुत गरेका हुन् ।
साथै कार्यक्रम आयोजकले कार्यक्रम अवधिभर व्यवस्थापनमा सहयोग गर्ने क्याम्पसका कर्मचारी रामप्रसाद चौधरी, वावुराम चौधरी र मपना चौधरीलाई विशेष धन्यवाद ज्ञापन गरेको छ ।
