तुलसीपुर, १४ पुस । नेपाल विद्यार्थी संघ राप्ती ववई क्याम्पस ईकाइ समितिले आज स्वागत कार्यक्रमको आयोजना गरी क्याम्पसका नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गरेको छ ।
नेविसंघ इकाई अध्यक्ष जितेन्द्रप्रकाश वलीको अध्यक्षतामा भएको कार्यक्रममा कक्षा ११ र स्नातक प्रथम वर्षमा अध्यनरत नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेस दाङका सभापति कृतिवहादुर खड्काले नेविसंघ विद्यार्थीको आस्थाको धरोहर रहेको भन्दै अनुशासन र एकतामा रहेर विद्यार्थीहरुको हकहितको पक्षमा काम गर्न आग्रह गरे ।
कार्यक्रममा विशिष्ठ अतिथि पुर्वसांसद गेहेन्द्र गिरीले नेविसंघका आधार भएको राप्ती ववई कयाम्पसमा विद्यार्थीहरुको मनोभावना अनुसार सहकार्य गर्न आग्रह गरे ।
