गोविन्द खड्का
घोराही, १३ पुस ।  छोटो टिप्पनीका लागि उठेका धनौरी श्वास्थ्य चौकिका अहेव मोहन रावत लामो बिवरणमा केन्द्रित हुनुभयो । उहा न अकमकानुभयो, न त कुनै थेगोले सिंगार पटार गरेर बनावटी कुरा अलाप्नुभयो ।

20161228_135003

काम गरेकै विषय थिए । मन्तव्यमा सलसलाट बगिरहे । पटक पटक ‘हर्टलि थ्यांकयु’ भन्नुहुन्थ्यो । घाममा सेकिएर उघ्ने वातावरण छैन । स्वाथ्य र सरसफाईका नौला नौला विधिले सचेतना फैलाउनु पर्छ । कहिल्यै आमा भेटघाट भनेर गर्भवतिका घरमा जानुपर्छ । कहिल्यै आङ खस्नेको क्याम्प चल्छ । कति बेला मधुमेहिको लागि निशुल्क जा“च गरीन्छ । केहि नभए फोन गरेर बुझिन्छ ।

अघिल्लो बर्ष देखि नेपाल रेडक्रस सोसाईटिले धनौरी, श्रीगाउ“ र पञ्चकुलेमा सामुदायिक स्वाथ्य र खानेपानी सरसफाई तथा स्वच्छता कार्यक्रम चलाएको छ । नेपाल रेडक्रस सोसाईटि सिएचपि नेपाल गञ्जको सहयोगमा चलेको कार्यक्रमको बुधवार तुलसीपुरमा समिक्ष भएको थियो ।

त्यस क्षेत्रमा धेरै कुरामा परिवर्तन ल्याएको बक्ताहरुको भनाई थियो । एजेन्डा नहुदा स्वाथ्य व्यवस्थापन समितिका बैठक बस्दैन्थे । अहिले बर्षमा १५ पटक बैठक बस्दा पनि छलफलका प्रशस्तै विषय वा“कि देखिन्छन् । स्तनपान, धुम्रपान, चर्पि, कण्डम, स्वयैसेविका लगाएत कुनै पनि दिवस छुट्दैनन् । ‘एक्लै हुदा उर्जा थिएन’ अहेव रावतले थप्नुभयो, ‘डो¥याउने काम रेडक्रसले गरेको छ ।’

आमा समुहका वैठक पनि वस्दैन्थे । स्वयंसेविकाहरु बच्चाहरुको तौल, खोप जस्ता पट्यार लाग्दा कामको निरन्तरतामा मात्रै घस्रिन्थे । अहिले उनिहरु पोषणका लागि करेसा वारी, नसर्ने रोगहरु कुनै न कुनै विषयमा छलफल चलाएकै छन् । उनिहरुले नया अनुभुति गरेर गतिशिल भएका छन् भने समाजमा परिवर्तन आएको छ । त्यस बापत अघिल्लो बर्ष दोसल्लह उढाएको थियो । यस पटक सम्मान श्वरुप व्याग दिएको छ । त्यसले पनि ठुलै भुमिका खेलेको छ ।

चारहजारको कोष वडाभरी चलाउने गरी व्यवस्था थियो । रेडक्रसले कार्यक्रम चलाएपछि हरेक आमा समुहमा पाच हजारको कोष बनेको छ । त्यसले खुशि भएका आमाहरु तिहारको देउसी भैलो बाट समेत रकम संकलन गरे । चौधरी समुहमा माघिको अबसरमा पैसा जम्मा गर्ने लक्ष्य लिएका छन् । अवस्था अनुसार निव्र्याजे र कम व्याजमा सुत्केरी एवं प्रशुतिहुनेलाई दिन्छन् । त्यो रकमले अकालमै गर्भवतीहरु मर्नुपर्दैन । समयमै सुविधा सम्पन्न अस्पताल पुग्नसक्ने भएका छन् ।

नजानेका कुरामा बाटो देखाईदिएको पञ्चकुले गाविस सचिव चन्द्र कुमार डागिले जानकारी दिनुभयो । महिला वालवालिका र सरसफाईको क्षेत्रमा उल्लेख्य प्रगति भएको भन्दै रेडक्रस प्रति आभार व्यक्त गर्नुभयो । ‘स्वस्थ खानेपानीको व्यवस्था गर्दैछ’ डागिले थप्नुभयो ‘पुर्ण सफामा काम गरेको छ ।’ उहाका अनुसार चेतनाको विकास गर्नु चर्पि बनाएर देखाईदिए जस्तो हुदैन । गाउ गाउमा पुगेर हात धुन सिकाएको विषयले मात्रै धेरै स्वस्थ हुन्छन् उनिहरुको आयु बढाउछन् । एउटा व्यक्तिलाई बाचुञ्जेल सम्म स्वस्थ रहेर खुशिले ज्युन सिकाउनु ठुलो योगदान हो । त्यस संगै ठुला खानेपानी योजना चलाएर गाउ बस्तिमा सुविधा दिएको छ ।

अन्य गाविसमा सिको गर्न लाएक काम भएको सुआहाराका सुरज कुमार शर्माले टिप्पनी गर्नुभयो । उहाले केहि बर्ष भित्रै गतिलो परिणाम दिन आफुहरु रेडक्रस संग हातेमालो गर्न तयार रहेको बताउनुभयोे । अ‘ाउदा दिनमा तपाईहरुको सपोर्टको अपेक्षा गछौ’ गतिविधि बाट प्रभावित पौडेलले भन्नुभयो, ‘सबै जिम्मेवार छौ गतिलो नतिजा निकाल्न सक्छौ“ ।’ उहाका अनुसार ठाउमा अभ्यास गर्नलाएक छन् ।

खाजा खर्च कटाएर सुत्केरी र बच्चाको उपचारको लागि सहयोग जुटाउने चेतनाको विकास रेडक्रसले दिएको जिल्ला जनश्वास्थ्य अधिकृत जनार्दन गौतमले बताउनु भयो । पहिला जानकारी गराएर काम गर्ने शैलिले पनि कार्यालय खुशि रहेको अधिकृत गोतमको भनाई थियो । कार्यक्रममा खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका निमित्त प्रमुख ईञ्जिनियर तिलक न्यौपानेले उल्लेख निय काम भएको भन्दै सरहना गर्नुभएको थियो ।

दाङको पहिलो पुर्ण सफा वडा हुदै गाविस बनाउन सुझकामना दिनुभयो त्यसका लागि उत्साह प्रद वातावरण देखेको न्योपानेको भनाई थियो । सो कार्यक्रमको अध्यक्षता नेपाल रेडक्रस सोसाईटिका कोषाध्यक्ष कुशल तर्तालले गर्नुभएको थियो । बर्ष भरी गरेका गतिविधिको वारे जानकारी गराउदै सहजीकरण जिल्ला कार्यक्रम संयोजक विश्राम अधिकारीले गर्नुभएको थियो ।विद्यालयमा सेनेटरी प्याड, सरसफाई लगाएत समुदायका गतिविधिमा आएको परिवर्तन भिजुयल मार्फत देखाईएको थियो । उनिहरु पनि रेडक्रस प्रति खुशि देखिन्थे । समिक्षामा बोल्ने पत्रकार लगाएत सबै बक्ताहरु भनिरहेका थिए ‘हर्टलि थ्यांक्यु रेडक्रस’