दाङ १४ पुस । लक्ष्मीपुर र रामपुरका युवाहरु हरु माझ योजना तर्जुमा प्रक्रिया र युवा सम्वन्धी अभिमुखीकरण कार्यक्रम लक्ष्मीपुरमा सम्पन्न भएको छ ।उक्त कार्यक्रममा स्थानिय निकायमा युवाहरुको सहभागीता साथै कार्यक्रमको योजना छनोट र त्यसका चौध वटा प्रकृयागत विषयमा युवाहरुमाझ जानकारी गराइएको थियो ।

15780716_887539341383038_2805922729473352357_n

जिल्ला युवा सञ्जाल दाङको आयोजना , गाविस स्तरीय युवा सञ्जाल लक्ष्मीपुरको समन्वयन र जिविस र युएनएफपिएको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रममा योजना छनोट प्रकृयामा युवाहरुको सहभागिता ,युवाहरुको वर्तमान अवश्था साथै युवाहरु माझ देखिएका अवसर र चुनौती लगायतका विषयमा पत्रकार नविन अभिलाषीले जानकारी गराइएको थियो ।

कार्यक्रममा युवा सञ्जाल दाङका सचिव नेत्रसागर चौधरीले योजना छनोट गर्दा पुरा गर्नु पर्ने चौध चरणका वारेमा साथै स्थानिय तह देखी केन्द्रिय स्तर सम्म योजनाहरु कसरी छनोट हुन्छन भन्ने विषयमा जानकारी गराउनु भएको थियो ।

युवा सञ्जाल लक्ष्मीपुरका अध्यक्ष गिरवहादुर महराको अध्यक्षता एवम युवा सञ्जाल दाङका सचिव नेत्रसागर चौधरीको प्रमुख आतिथ्यता तथा गाविसका सामाजिक परिचालक हेमराज पौडेलको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रमको सहजिकरण युवा सञ्जाल लक्ष्मीपुरका सचिव सकुन्तला विकले गर्नु भएको थियो ।