राजेश वली
तुलसीपुर, १४ पुस । दाङको तलसीपुर नगरपालिका वडा नं. ९ मा रहेको सरस्वती चौतारा आधारभूत बिद्यालयमा कक्षा ८ सम्म पढाई हुन थालेको आठ वर्ष भयो । राम्रै अंक ल्यायर बिद्यार्थी पनि उतिर्ण भएका छन ।
तर त्यहाँ जिल्ला शिक्षा कार्यालयले एउटा पनि दरबन्दी पठाएको छैन् । जसले गर्दा पठन पाठनमा समस्या हुँदै आएको विद्यालयका प्रधानाध्यापक पेसलसिंह डिसीले बताए । बिक्रम सम्बत २०६६ सालदेखि निमाबि पठाई सुरु भएको हो, जिल्ला शिक्षा कार्यालयले अस्थायी अनुमति दिएको छ, तर अझै दरबन्दी पठाएको छैन् ।’ अहिले निजी शिक्षकहरुले निमाबि पठन पाठन गराई रहे पनि तलब खुवाउन समस्या हुने गरेको उनले बताए ।
बिद्यालयमाका निमावि तहमा १ जना पनि स्थाई शिक्षक छैन्न भने प्राबि तहमा ४ जना स्थायी शिक्षक छन् । तर विद्यालयमा ४ जना शिक्षकहरु निजी स्रोतमा अध्यापन गराउदै छन् । निजी स्रोतमा रहेका शिक्षकहरुका लागि तह अनुसार भन्दा निकै कम पारिश्रमिकमा काम लगाउँदा पनि उनीहरुका लागि वार्षिक करिब ५ लाख खर्च आवश्यक पर्छ ।
विद्यालय सञ्चालनका लागि आवश्यक उक्त रकम जुटाउन हाल आएर विद्यालय प्रशासनलाई निकै कठिन भएको बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष चित्रबहादुर डाँगीले जानकारी दिए ।











