सुजाता थापा
प्यूठान संयुक्त संघर्ष समितिको आह्वानमा चलिरहेको ५ नम्वर प्रदेश विभाजन विरुद्धको आन्दोलनले निकास नपाउने भन्दै अखिल(क्रान्तिकारी) प्यूठानले आठौं प्रदेशको माग गरेको छ।
नेकपा (माओवादी केन्द्र) निकट क्रान्तिकारीले प्यूठान, रोल्पा, रुकुम, सल्यान, वाग्लुङ, अर्घाखाचि र गुल्मिलाई मिलाएर आठौं प्रदेस वनाउन माग गर्दै आज प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र वुझाएको छ।
भोलि दिउसो १२ देखि २ वजेसम्म चक्काजाम गर्ने र १७ गते सांझ मसाल जुलुस प्रदर्शन गर्ने कार्यक्रम तय भएको अखिल क्रान्तिकारी प्यूठानका अध्यक्ष पुस्कर शर्माले वताए । यद्यपि माओवादी केन्द्र भने प्रदेश विभाजन विरुद्धको संयुक्त संघर्ष समितिको आन्दोलनमा सहभागि छ।
प्रतिकार गर्ने चेतावनि
पौष दश गते संयुक्त संघर्ष समितिले सदरमुकाम खलंगामा आयोजना गरेको कार्यक्रम अराजक र माओवादी नेतृत्व माथिको हस्तक्षप भएको भन्दै क्रान्तिकारीले संयुक्त संघर्ष समितिले सार्वजनिक रुपमा आत्माआलोचना गर्नुपर्ने वताएको छ।
साथै आगामि दिनमा यस्ता कार्यक्रम भएमा आफुहरुले प्रतिकार गर्ने अखिल क्रान्तिकारीका केन्द्रिय सचिवालय सदस्य सुमनराज श्रेष्ठले चेतावनि दिए।
