गोविन्द खड्का
घोराही, १४ पुस । रकम निकालेको दश प्रतिशत बचौलियाले लिन्छ । एक लाखको दश हजार ऋणदिने साहु देखाउनेले खान्छ । त्यसको धितो श्वरुप जमिन छिनुवा पास दिनुपर्छ । चान चुन दश प्रतिशत रकम खाजा सहित पास खर्च तिर्नुपर्छ ।

18_06_2016-18bhalribeयसरी एक लाख ऋण लिने आसामीले ८० हजार रकम हातपार्छ । त्यसको विस प्रतिशत रकम घर नपुग्दै सकिन्छ । तर, सा“वा व्याजको हिसाव तिर्दा भने एक लाखकै हुन्छ । दाया बाया औठा छाप सहितको तमसुक बन्छ । यसरी काम गरीदिने बिचौलियाहरु जहा“ सुकै भेटीन थालेका छन् ।

दोश्रो जनआन्दोलन पछि यसरी विचौलियको विगविगि बढेको धेरैको बुझाई छ । घर जग्गा किन्नेलाई औलाले सिकाएकै भरमा हातको हजारका दरले कमिसन खान्छन् । बैदेशिक रोजगारमा जानेलाई कार्यालय भेटाईदिदैमा रकम आउछ । त्यहि कमिसनको रोग बैकको ऋणमा पनि सरेको छ ।

स“धै आउने एक जना व्यक्ति गुडवील फाईनान्स घोराहीमा पस्न छोडे । गुडविल फाईनाईन्स घोराहीका प्रवन्धक आनन्द पन्थिका अनुसार बाटोमा हिड्दा पनि तिनि मुन्टो निहुराउ“छन् । कसै न कसैलाई सिफारीस गर्न ल्याउथे ।

एक जना महिलाको सिफारीस गर्न आए । सबै जानकारी गराए । जो आफैले तिमहिला गर्न सक्ने काम हो । बैकले तिन लाख ऋण दियो । पैसा बुझेपछि ति महिलाले बैकलाई भनिन ‘सरले पा“च हजार रकम माग्नु हुन्छ ।’ प्रबन्धक पन्थिका अनुसार महिलालाई पैसा सहित बैकमा बालावट भयो । ति बिचौलियालाई पनि काम छ भनेर बोलाईयो । दुवैको उपस्थितिमा ‘तपाई जस्तो व्यक्तिले पनि यसरी सोझि महिला माथि गलत व्यवहार गर्ने ?’ भनेपछि लज्जीत भए । पा“च हजार रकम पाएनन् बैकको विश्वास पनि गुमाए । अहिले देख्या नदेख्यै जस्तो गरी हिड्छन् ।

छक्काउन सजिलो छेन । पन्थीका अनुसार दश तरीका बाट बुझेर बैकले लगानी गर्छन् । भेष बदलेर पनि उनिहरु भेट्छन् । डुवेको छ भने ऋण पाउदैन । कसैले माग गर्दैमा घर परिवारलाई बुझेर मात्रै ऋण दिदैन । बदमासी छिपाउन केहिले कसैलाई नभन्नुहोला भनेर अनुनय विनय गर्छन् । सामाजिक प्रतिष्ठा खस्किने दावि हुन्छ । प्रबन्धक पन्थी भन्नुहुन्छ ‘ऋण खान लाछु भन्ने डर मान्नेले खानै हुन्न, त्यसतालाई दिनै हुन्न’ उहा थप्नुहुन्छ ‘फलाना मान्छेलाई बैकले पत्यायो भन्ने ठुलो कुरा हो । त्यसले विश्वसनियता बढायो भन्ने गर्ब गर्नुपर्छ ।’

खोक्रो ईज्जतका लागि मान्छेहरु लुकिचोरी ऋण लिन्छन् । घर जग्गा सानोतिनो गल्तीकै आधारमा अर्कालाई सुम्पिन्छन् । बैक भने आफन्त सासु ससुरालाई समेत साक्षिमा ल्याप्चे लाएर ऋण दिन चाहन्छ । अबुझ व्यक्तिहरु घरमा बसेका सासुससुरालाई सहुले गलहत्याउदा मात्रै झस्किने बनाउछन् । त्यसैले होला बैकहरु भन्छन् बजारका मान्छेहरुलाई पत्याउनै कठिन छ । पहिलो कुरा उनका आफन्त र छरछिमेकमै परिचय हुन्न । त्यस संगै कति ठाउ“मा ऋण निकालेका हुन्छन् ।

सेवालाई सरल बनाउनुपर्छ । त्यसका लागि बैकिङ शिक्षाको जरुरी छ । राज्यले बैकिङ साक्षारता कक्षा चलाउनुपर्छ । जसको अभावमा सर्वसाधारण मासिक पा“च प्रतिशतलाई कम र बार्षिक १६ प्रतिशतलाई चर्को व्याज ठान्छन् । दलाललाई कमिशन सहित बार्षिक साठि प्रतिशत तिर्न सहमत छन् । धितो राखेको घरजग्गा गुमाएर भुमिगत हुने बढ्दैछन् ।
बा“केमा ७४ हु“दा दाङमा ७२ वटा विभिन्न बैक तथा शाखाहरु पुगेकाछन् । ह्रवात्तै बढेको बैकको संख्या जत्तिकै चेतना भने छैन । त्यसकै

कारण आफुले गर्न चाहेको व्यवसायमा लगानी जुटाउन सकेको छैन । वचत तथा सहकारी पनि गल्ली गल्लीमा छन् । गाउ स्तरका बस्तिमा पनि विस्तार गरीएका छन् । नागरिकता, फोटो र फोन सम्पर्ककै आधारमा २५ हजार सम्म लगानी गर्ने व्यवस्था छ । त्यो सुविधा लिन वित्तीए साक्षारताको अभाव रहेको वैकहरुले बताएका छन् ।

नमस्ते वित्तीए संस्था घोराहीका कार्यकारी प्रमुख भुपाल गिरी पनि दलालीलाई निषेध गरेको बताउनुहुन्छ । गिरी संग भेट्दा नमस्कार भन्ने लाजले अडिन नसक्ने गरी केहि मान्छेहरु नैतिक नसियतमा परेको अनुभव छ । ईमान्दार उद्यमी व्यवसायीलाई जुन सुकै बैकले पत्याउ“छ । तर चलाखहरु बैक तथा वचत बाट सस्तोमा ऋण निकाल्ने र तिर्नै नसकिने व्याजमा लगाउने खतरा छ ।

एउटा व्यक्ति दोश्रो तेश्रो हुदै धेरैलाई बाटो सिकाउन संस्थामा धाउन थाल्यो भने संका गरीन्छ । उनिहरुले यो रकम मेनेजरलाई पनि दिने हो अलि चाहिन्छ भनेर वार्गेनिङ गर्न पनि पछि पर्दैनन् । त्यसैले दलाललार्ई पहिल्यै पन्छाउने बुद्धिमानी निर्णय बैंकहरुले गर्नुपर्छ । नत्र तिन बाट जोगिन कठिन छ । छितरेर हराउने बैंकको रहर होईन । थोरै लगानी गरेर धेरै उत्पादन गरी सावा व्याज असुल्ने हो । अचाक्ली दलालिले आठ दश बर्ष अघि देखि खराब अबस्था ल्याएको छ ।