सल्यान, १२ जेठ
ज्येष्ठ नागरिकका लागी वितरण गरिदै आएको ज्येष्ठ नागरिक परिचय पत्र सल्यानमा प्रभाबकारी बन्दै गएको छ ।jestha nagarikमहिला विकास कार्यालयले २०७२ को माघ महिनादेखि त्यो कार्यक्रम लागु गरेको थियो ।

कार्यक्रम अन्र्तगत माघ देखी हालसम्म ९२ जनाले ज्येष्ठ नागरिक परिचय पत्र लिएको महिला तथा बालबालिका कार्यालय सल्यानले जानकारी दिएको छ ।

जसमा पुरुष ५२ जना र महिला ४० जना रहेका छन् । महिला तथा बालबालिका कार्यालय सल्यानका अनुसार प्रक्रिया सजिलो भएको र परिचय पत्र बनाई सकेपछि ५० प्रतिशत गाडी भाडामा छुट तथा ५० प्रतिशत स्वास्थ्य सेवामा छुट पाउने भए पछि प्रभाबकारी बन्दै गएको हो ।

६० वर्ष उमेर पुगेकाले एक प्रति नागरिकताको फोटाकपि र दुई वटा फोटो लिएर आएमा ज्येष्ठ नागरिक परिचय लिन सकिने महिला बिकास अधिकृत राजकुमारी राईले जानकारी दिनुभयो ।।